विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला (सोलु दूधकोसी) जलविद्युत आयोजनाको प्रवर्द्धक साहस ऊर्जा कम्पनीको साधारण सेयर बाँडफाँड भएको छ । सेयर निष्कासनको जिम्मा पाएको एनआइबीएल क्यापिटलले आइतबार सर्वसधारणका लागि छ्ट्याइएको सेयर बाँडफाँड गरेको हो । 

कम्पनीको सेयरधनी बन्न आवेदन दिएका ६ लाख ४४ हजार जना भाग्यशालीले मात्रै गोला प्रथाबाट १० कित्ता सेयर प्राप्त गरेका छन् । सेयरधनी बन्न मान्य भएका २३ लाख ९५ हजार ४ सय ५६ जनामध्ये गोला प्रथाबाट ६ लाख ४४ हजार आवेदनले मात्रै सेयर प्राप्त गरेको कम्पनीले जनाएको छ । १७ लाख २९ हजार ४ सय ६० जनाको हात खाली भएको छ ।

सेयर खरिदका लागि कूल २४ लाख ६५ हजार ३ सय ५ वटा आवेदन परेकोमा ५ हजार २ सय ८५ जना प्रभावित क्षेत्रका स्थानीयले पुनः आवेदन दिएकाले रद्ध गरिएको छ । थप ७ हजार ७ सय ११ जनाले सर्वसाधारणले पनि दोहोर्याएर आवेदन दिँदा रद्ध हुन पुगेको कम्पनीले जानकारी दिएको छ ।

कूल ७० लाख कित्ता साधारण सेयर निष्कासन गरेकोमा ५ प्रतिशत हुन आउने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत हुन आउने २ लाख १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीमा बाँडफाँड गरिएको छ ।

बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणले पाएका हुन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरेको थियो । दोस्रो चरणमा आम सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गरेको हो ।

कम्पनीले लगानी गरेर निर्माण गरेको आयोजना करिब ७६ प्रतिशत सम्पन्न भइसकेको छ । आयोजनाबाट अबको ७ महिना (२०७८ चैत) मा विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फ राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit