विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिमालयन हाइड्रो पावर कम्पनीको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले कास्कीको मादी खोलामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि असार १५ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि आयोजना प्रभावित स्थानीय बासिन्दालाई छुट्याएको सेयर निष्कासन गरी बिक्री हुन बाँकी रहेको ६ लाख १९ हजार २५० कित्ता सहित १९ लाख ६८ हजार  २ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

निष्कासन भएको सेयरमध्ये ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सेयर सामुहिक लगानी कोषहरूका लागि, २ प्रतिशत  अर्थात ३९ हजार ३ सय ६५ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी, १८ लाख ३० हजार ४ सय ७२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकत्तम १ हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । पहिलो चरणको आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर बाँडफाँड गरिसकेर दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३