विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयर आवेदन खुल्ला भएकाे छ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिक र सर्वसाधारणका लागि लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो । 

जारी पूँजी २८ करोडको ३० प्रतिशत अर्थात सय रुपैयाँ अंकित ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात २ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिका (साविक फेदी, खार्ताम्छा, वास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस) का सम्पूर्ण वडाका बासिन्दाहरुका लागि निष्कासन गरेको रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले जनाएको छ । कम्पनीका अनुसार वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि पनि निष्कासित सेयरको १० प्रतिशत अर्थात ५६ हजार कित्ता सेयर निष्कासन गरिएको हो ।

स्थानीयले न्यूतम १० कित्तादेखि अधिकत्तम १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले १० कित्तादेखि २८ सय कित्ता सम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा बैशाख ७ गतेसम्म र ढिलोमा २२ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजागारीमा गएका नेपाली नागरिककले बैशाख ७ गतेसम्म मात्र आवेदन दिन पाउँनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभू क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीको खोटाङमा ३ मेगावाटको रावा खोला साना जलविद्युत आयोजना सञ्चालनमा छन् भने २.५ मेगावाटको मध्य रावा खोला जलविद्युत आयोजना निर्माणाधीन छन् । सञ्चालनमा रहेको आयोजनाको कुल लागत ६४ करोड ६५ लाख रहेको छ । 

यसैगरी, भूगोल इनर्जी डेभलपमन्ट कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १३ करोड ४६ लाख ९९ हजार ३ सय रकम बराबरको सय रुपैयाँ अंकित १३ लाख ४६ हजार ९ सय ९३ किता सेयर निष्कासन गरेको हो । 

कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजागरीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिएको छ । 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकत्तम ३० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एन आई सी एशिया कयापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । आवेदकले छिटोमा चैत २७ गतेसम्म र ढिलोमा बैशाख ७ गतेसम्म आवेदन दिन पाउनेछन् । 

कम्पनीको दैलेख जिल्लामा ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजना सञ्चालनमा छ । उक्त आयोजना कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit