काठमाडौं । सोलुखुम्बुमा ९.५ मेगावाटको मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको मिड सोलु हाइड्रो पावर लिमिटेडको ६ लाख कित्ता सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरको हो ।
सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २ सय रकम बराबरको सय रुपैयाँ अंकित ६ लाख २१ हजार १ सय ७२ कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।