विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले साउनदेखि फागुनसम्ममा ३० प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमति दिएकाे छ । विभागले ११ केभीदेखि ४०० केभी क्षमताका प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमति दिएकाे हाे । 

विभागका अनुसार अनुमति पाएका आयोजनाहरूमा नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय प्रसारण ग्रीड कम्पनी तथा निजी क्षेत्र रहेका छन् । निर्माणका चरणमा रहेका, निर्माणमा जाने तयारीमा रहेका जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने संरचना तयार गर्नका लागि विभागले उक्त प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमति दिएकाे हाे ।

अध्ययन अनुमति जारी भएका प्रसारण लाइन ४०० केभी, २२० केभी, १३२ केभी, ६६ केभी, ३३ केभी र ११ केभी क्षमताका छन् । ४०० केभी क्षमताका २, २२० केभी क्षमताका ७,  १३२ केभी क्षमताका ६, ६६ केभी क्षमताका १, ३३ केभी क्षमताका १३ र ११ केभी क्षमताका १ प्रसारण लाइन आयोजनाले अध्ययन अनुमति पाएका विभागकाे तथ्यांकमा उल्लेख छ ।

४०० केभी क्षमताका पश्चिम सेती–दोदोधारा प्रसारण लाइनले २०७९ कात्तिक २० गते अध्ययन अनुमति पाएको थियो । यो प्रसारण लाइनको अध्ययन अनुमति राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले पाएको हो । यस्तै,  मुगु–कर्णालीको विद्युत उत्पादन कम्पनी लिमिटेडले अध्ययन अनुमति पाएको विभागले जनाएको छ ।

यसैगरी, इसुवा खोला, छुजुङ खोला, चैनपुर सेतीकाे विद्युत प्रणालीमा जाेड्नका लागि २२० केभी लाइनकाे अध्ययन अनमति प्रदान गरेकाे विभागले जनाएकाे छ । यस्तै, २२० केभी क्षमताकै पाल्पा सबस्टेसन, सितरपाटी ढुंगेसाँघु, धाउबढी, र तनहुँ भरतपुर प्रसारण लाइन आयोजनाले अनुमति पाएको विभागको वेपसाइटमा उल्लेख छ ।

अध्ययन अनुमति पाएका लाइनले अध्ययन प्रक्रिया अघि बढाएका छ्न् । विभागकाे तथ्यांकका अनुसार हालसम्म १५७ प्रसारण लाइनकाे अध्ययन भइरहेकाे छ । यस्तै, २०५ लाइन निर्माणका विभिन्न चरणमा छन् भने १२ लाइनकाे अध्ययन पूरा भइ निर्माण अनुमतिका लागि आवेदन परेकाे विभागले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit