विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा बुधबार भएको भेटमा द्विपक्षीय आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री खड्काले रसियन सरकारले नेपालको जनशक्ति विकासमा पुर्‍याएको योगदान र सहयोगप्रति धन्यवाद दिए ।

मन्त्री खड्काले विगतमा पनौती जलविद्युत् आयोजना सोभियत सरकारको वित्तीय सहायतामा निर्माण भएको स्मरण गरे । उनले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै उक्त लक्ष्यलाई पूरा गर्न एसियाली सरकारको साथ र सहयोग आवश्यक भएको बताए ।

मन्त्री खड्काले नेपालको प्रसारण लाइन, ऊर्जा भण्डारण, स्मार्ट ग्रीड, हरित ऊर्जालगायतका क्षेत्रमा लगानीको वातावरण मिलाउन राजदूतमार्फत एसियाली कम्पनीलाई आग्रह गरे । भेटमा नेपालका लागि एसियाली राजदूत एलेक्सीले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानी गर्न रसियनहरू इच्छुक रहेको बताए ।

राजदूत एलेक्सीले रसियामा आगामी जुन महिनामा हुने सेन्ट पिटर्सवर्ग इन्टरनेसनल इकोनोमी फोरम, मे महिनामा हुने नेभेस्की इन्टरनेसनल इकोलोजीकल कंग्रेस र अक्टोबर महिना हुने रसियन इनर्जी वीकमा भाग लिन मन्त्री खड्कालाई आमन्त्रण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३