विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले विद्युत चोरी नियन्त्रण गरेर ६० हजार रुपैयाँ जरिवाना रकम असुल गरेको छ । केन्द्रले विद्युत चोरी गर्नेलाई पक्राउ गरी कारबाही गरेर साे रकम उठाएको हो ।

चुहावट नियन्त्रण तथा मिटर छड्के निरिक्षणको क्रममा विद्युत चोरी गरीरहेकाे अवस्थामा पक्राउ गरेकाे केन्द्रले जनाएको छ । केन्द्रले पछिल्लाे समय चाेरी नियन्त्रण अभियानलाइ तिव्र गतिमा अघि बढाएकाे छ । जुनसुकै ठाउँमा जहिले पनि छड्के निरिक्षण हुन सक्ने जनाएको छ ।

केन्द्रले जुनसुकै बेला मिटर रिडिङ हुन सक्ने भएकाेले विद्युत चोरी नगर्न आग्रह गरेको छ । केन्द्रको विद्युत चोरी गर्नेलाई कडा भन्दा कडा कारवाही हुने र चोरी गरेमा जरिवानासहित रकम बुझाउनु पर्ने पनि केन्द्रले जनाएको छ ।

ग्राहकको मिटरमा टेस्ट सिल, टर्मिनल सिल र वास्क सिल गरी ३ वटा सिल लगाएको हुन्छ । केन्द्रले ग्राहकको मिटरको सिलहरू विगार्ने भनेको विद्युत चोरी गर्ने ठहर्याएको छ । तसर्थ सिलहरू नचलाउन र विद्युतका कर्मचारी बाहेक अन्य व्यक्तिलाई मिटर छुन नदिन पनि केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit