विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रुकुम पूर्वको विकट भौगोलिक क्षेत्रमा पर्ने भूमे गाउँपालिकाका ५० घरमा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ । लुम्बिनी प्रदेश डिभिजन कार्यालय अन्तर्गत रुकुम वितरण केन्द्र (पूर्व) ले हिमाली क्षेत्रमा पर्ने भूमे गाउँपालिका–६ खाम्दाई उक्त गाउँमा विद्युत् पुर्‍याएको हो । 

१२ किलोमिटर उच्च भोल्टेज प्रसारण लाइन र ४ किलोमिटर ठाडो लो भोल्टेज प्रसारण लाइनमार्फत सो गाउँमा विद्युत् पुर्‍याइएको वितरण केन्द्रका प्रमुख प्रमोद खनालले बताए ।  

रोल्पा जिल्लाको सिमानामा पर्ने उक्त स्थानमा बिजुली नहुँदा स्थानीयले टुकिको भरमा बस्नु परेको थियो । कसैकसैले सोलार जडान गरेका थिए । राष्ट्रिय ग्रिडको बिजुली पुगेपछि यहाँका स्थानीय हर्षित भएका उनले बताए ।  

वर्षको ६ महिनासम्म हिउँ पर्ने यस क्षेत्रका कतिपय गाउँमा अझै राष्ट्रिय प्रसारणको बिजुली पुग्न सकेको छैन ।   

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३