विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । झापामा सौर्य ऊर्जा उत्पादन सुरु भएको छ । १० मेगावाट क्षमताको झापा इनर्जीले मंगलबारदेखि ऊर्जा उत्पादन सुरु गरेको हो । शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित उर्जालाई परीक्षणका लागि नेपाल विद्युत प्राविधिकरणको बुलोचोक शवस्टेशनमा जडान गरिएको कम्पनीका कार्यक्रम अधिकृत नारायण प्रसाद पोखरेलले जानकारी दिए । मंगलबार बेलुका ६ बजे सबस्टेशनमा जडान गरिएको पोखरेलले जानकारी दिए ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, कम्पनीका प्रबन्ध निर्देशक सुवास भट्टराई, विद्युत व्यापार विभागका तर्फबाट ई. सिताराम सिग्देल, विद्युत प्राधिकरणका कोशी प्रदेश कार्यालयका ई. साजन महर्जन, आसुहाङ राई, विद्युत प्राधिकरण दमकका ई. हरि तिवारी, परियोजनाका क्न्ट्याक्टर कुवेरमणी नेपाल, ई.अभिषेक पराजुलीको उपस्थितिमा सवस्टेसनमा जडान गरिएको हो ।

सञ्चालक पोखरेलका अनुसार १५ दिनसम्म परीक्षणकालीन उत्पादन हुने र त्यसपछि निरन्तर उत्पादन भइरहने जानकारी दिए । ‘परीक्षणकालीन उत्पादन भएको उर्जा प्राधिकरणलाई निःशुल्क प्रदान गर्नुपर्ने व्यवस्था छ, पोखरेलले भने, ‘त्यसपछिको उत्पादन राज्यले खरिद गर्नेछ ।’

८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । २१ विगाहा जमिनमा फैलिएको परियोजनाको निर्माण सम्पन्न भएको सञ्चालक पोखरेलले जानकारी दिए ।

माछापुच्छ्रे र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत पब्लिक सेयरबाट लागत रकम जुटाइएको सञ्चालक पोखरेलले बताए ।

उनका अनुसार कम्पनीले अब १५ दिनपछि नियमित आम्दानी सुरु गर्नेछ । दूधे बजारबाट करीब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा रहेको परियोजनास्थलबाट नेपाल विद्युत प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटर नजिकै छ । कम्पनीबाट उत्पादित सौर्य विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न झापा इनर्जी आफैँले ९६० मिटर प्रसारण लाइन निर्माण गरेको थियो ।

झापा इनर्जीले उत्पादन गरेको ऊर्जा नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच खरिदका लागि यसअघि नै सम्झौता भइसकेको छ । सम्झौता अनुसार परियोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ ।

प्राधिकरणसँग २०७८ मंसिर १२ मा विद्युत् खरिदको सम्झौता भएको थियो । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गर्ने छ । यसका आधारमा आयोजनाले वार्षिक १२ करोड ८५ लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

नेपाल बाहिर सौर्य ऊर्जाको ठूला परियोजना सञ्चालनको अध्ययनपछि अगुवाई गर्नेहरुले झापा इनर्जीको परिकल्पना गरेका थिए । प्रतिनिधिसभा सदस्य एलपी साँवाको अगुवाईमा जिल्लामा सौर्य ऊर्जाको परिकल्पना गरिएको थियो । उनले मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित परियोजनाले ठूलो योगदान पुर्याउने बताए ।

हालसम्म नेपालमा २१ वटा सौर्य ऊर्जा परियोजना सञ्चालनमा रहेका छन् । तीमध्ये सबैभन्दा धेरै क्षमता भनेको दश मेगावाट रहेका छन् । उक्त परियोजनाको शिलान्यास संविधानसभाका सदस्य स्वर्गीय सुवास नेम्वाङले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३