विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ढल्केबर सौर्य विद्युत आयोजनाको १ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अपि पावर कम्पनीले धनुषाको ढल्केबरमा निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा जाेडिएको हो ।

आयोजनाको परिक्षण पूरा गरेर सोमबार (हिजो) २ बजेदेखि प्रणालीमा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक सन्जीव न्यौपानेले बताए । उनका अनुसार निर्माण सुरु भएको ६ महिनामा सम्पन्न गरेर प्रसारण प्रणालीमा जोडिएको हो ।

४ मेगावाटको चन्द्रनिगाहपुरपछि यो अपि पावरले निर्माण गरेको दोस्रो सौर्य विद्युत आयोजना हो । आयोजनाबाट सोमबारदेखि २ सातासम्म परीक्षण उत्पादन गरिनेछ । आयोजनाले उत्पादन गरेको विद्युत नेपाल विद्युत प्राधिकरणको ढल्केबर सबस्टेसनमा जोडिएको छ । उत्पादन हुने विद्युत ११ केभी लाइन मार्फत ३.५ किलोमिटर दुरीमा रहेको सबस्टेसनमा पुर्याइएको हो ।

‘उत्पादन सुरु भएको मितिले १५ दिनसम्म परीक्षण उत्पादन हुन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘परीक्षणको चरण पूरा भएपछि आयोजनाले व्यापारिक विद्युत उत्पादन सुरु गर्नेछ ।’ आयोजना सञ्चालनमा आएपछि प्रदेश नम्बर २ मा सञ्चालनमा रहेका कलकारखानालगायतलाई दिउसोको समयमा सहज आपूर्ति हुने न्याउपानेले बताए ।

भविश्यमा विद्युत बिक्रीबाट हुने नाफाबाट कम्पनीका सेयरधनी सदस्यलाई बोनस सेयर र नगद लाभांश दिन यो सौर्य आयोजनाले ठुलो मद्दत गर्ने पनि उनले बताए । यो सौर्य विद्युत आयोजना कुशल प्रोजेक्टस् नेपालले निर्माण गरेको हो । कुशल प्रोजेक्टस् नेपालले  आयोजनाको काम निर्धारित तालिका भन्दा ६ महिना अगावै सम्पन्न गरेको हो ।

विद्युत संचित गर्न ब्याट्री नराखिएकाले घाम लाग्ने दिनभरको समयमा उत्पादन भएको विद्युत प्रसारण प्रणालीमा जानेछ । घाम डुबेपछिको समयमा उत्पादन बन्द हुनेछ ।

आयोजनामा २ हजार ७ सय ८८ वटा सोलार प्यानल जडान गरिएको छ । जिल्लाको महेन्द्र माध्यामिक विद्यालयको जग्गा ३० वर्षका लागि लिजमा लिएर यो सौर्य विद्युत आयोजना निर्माण गरिएको हो । आयोजनाबाट उत्पादन हुने विद्युत प्राधिकरणले प्रतियुनिट ७.३० रुपैयाँमा खरिद गर्नेछ । प्राधिकरणले २५ वर्षसम्म विद्युत खरिद गर्ने गरी कम्पनीसँग सम्झौता गरेको छ ।

आयोजना सम्पन्न गर्न साढे ७ करोड रुपैयाँ खर्च भएको छ । आयोजनामा बैक अफ काठमाडौंले ७० प्रतिशत लगानी गरेको छ । बाँकी ३० प्रतिशत स्वपूँजी लगानी छ । कम्पनीले निर्माण सम्पन्न गरेको यो दोस्रो सौर्य आयोजना हो । कम्पनीले यसअघि रौतहटमा ४ मेगावाटको सौर्य आयोजना निर्माण सम्पन्न गरी प्रणालीमा जोडिसकेको छ ।

कम्पनीले आगामी एक महिनाभित्र थप एक मेगावाटको सौर्य विद्युत प्रणालीमा जोड्नेछ । यो आयोजनाको अन्तिम चरणको काम भइरहेको छ ।

साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड गरी २ जलविद्युत आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको कम्पनीले सौर्य विद्युत आयोजनामा पनि लगानी बढाउँदै लगेको छ । सूदुरपश्चिम प्रदेशमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना पनि निर्माणाधीन छ । साथै, ८ मेगावाटको परवानीपुर सौर्य आयोजनाको काम सुरु गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit