विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी तथा सरकारी ऊर्जा उत्पादकहरले अध्ययन पुरा गरेका १६ जलविद्युत आयोजनाले निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिनएका छन । देशको विभिन्न ठाउँमा पहिचान भई अध्ययन पुरा भएका ८२२.६५ मेगावाटका आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका हुन । 

विभागका अनुसार ३ मेगावाट देखि ४१७ मेगावाट सम्मका १६ जलविद्युत आयोजनाले आवेदन दिएका छन् । आवेदन दिएका आयोजनामध्ये सबै भन्दा ठुलो ४१७ मेगावाटको नाल्स्यु गड जलविद्युत आयोजना रहेको छ । यो आयोजनाको नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडले २०७९ मंसिर १६ गते निर्माण अनुमतिका लागि आवेदन दिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

बुटवल पावर कम्पनी लिमिटेडले आवेदन दिएको मुगु कर्णाली १५७.६२० मेगावाटको रहेको छ । यो आयोजनाले निर्माण अनुमतिका लागि २०७९ मंसिर २ गते आवेदन दिएको थियो । ४९.५९० मेगावाटको सानी भेरी–३ जलविद्युत आयोजना निर्माण अनुमतिका लागि सानी भेरी हाइड्रो पावर कम्पनी लिमिटेडले आवेदन दिएको छ ।

यसैगरी, ४० मेगावाटको माथिल्लो सिम्बुवा खोला, ८.८ मेगावाटको निसी खोला, १२.५ मेगावाटको म्याग्दी खोला–बी, ९.४८ मेगावाटको तल्लो दुधकुन्ठ, २४ मेगावाटको सुपर सेती, ३.५ मेगावाटको देबढुङ्गा चाकु खोला, ३० मेगावाटको म्याग्दी खोला–ए, २३ मेगावाटको अपसुवा–१ र ४.५ मेगावाटको तल्लो इन्द्रवती जलविद्युत आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएको विभागको वेपसाइटमा उल्लेख छ । 

४.५ मेगावाटको गसली खोला, ४.६ मेगावाटको सुपर माछा खोला, ७.२५० मेगावाटको श्याम खोला र २४ मेगावाटको माथिल्लो इंखु खोला जलविद्युत आयोजनाले आवेदन दिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३