विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौ । गणेश हिमाल हाइड्रो पावर प्रालीले  २० मेगावाटको आँखुखोला –२ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले अध्ययन पुरा भएको यस आयोजनाकाे निर्माण प्रक्रिया अघि बढाउन विद्युत विकास विभागमा आवेदन दिएको हो । 

बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लाको खनियाबास गाउँपालिका, गङ्गाजमुना गाउँपालिका र नेत्रावती गाउँपालिकाको सिमाना भई बग्ने आँखुखोलामा उक्त आयोजना निर्माण गर्न लागको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट अनुमति पाउने लगतै आयोजना निर्माणको काम सुरु गरिनेछ ।

आयोजना निर्माण तथा सञ्चालन गर्दा यसबाट पर्न सक्ने प्रतिकुल असरका विषयमा सरोकारवालासँग राय/सुझाव माग गरेको छ । विभाले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन पनि माग गरेको छ । 

नदीको प्रहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको डिजाइन बहाव २७.७३ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ९१ मिटर हुनेछ । आयोजनाबाट वार्षिक सरदर १२२.१६ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । 

आयोजनाको मुख्य संरचनाहरु आँखु खोलाको दायाँ किनारामा पर्दछन् । आँखुखोलामा बाँध बाधी खोलाको दायाँपटिट् निर्माण हुने इन्टेक पाइपबाट पानीलाई आयोजनाको मुख्य संरचनाहरु हुँदै विद्युत गृहमा लगिनेछ । 

विद्युत गृह नजिकै स्वीचयार्ड निर्माण गरिनेछ र ५ किलोमिटर लामो ११ केभीको प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणका प्रस्तावित लपाङ सब–स्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । 

आयोजनबाट २०८३ चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण गर्दा भु–क्षय, वायु, प्रदूषण आदिद्वारा वातावरणमा उल्लेखनीय असार नपर्ने गरी निर्माण गरिने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit