विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिम रिभर पावर लिमिटेडले १४ किलोमिटर लामाे सिंगल सर्किट प्रसारण लाइनको काम करिब साढे एक वर्षमा सम्पन्न गर्ने भएको छ । बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिकामा निर्माणाधीन लिपिङ खोला जलविद्युत आयोजनाको स्विच्यार्डदेखि सोही गाउँपालिकामा रहेको माथिल्लो चाकु–ए आयोजनाको स्वीच्यार्डसम्मको १३२ केभी प्रसारण लाइनकाे काम १६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको हो । 

कम्पनीले आयोजना निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त भए लगतै आयोजना निर्माण गरिनेछ । 

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे ३५ दिनभित्र लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ । 

१४ किलोमिटर लामो लाइनमा ३७ वटा टावरहरु खडा गरिनेछ । टावरको उचाई अधिकतम ३६ मिटरसम्म रहने तथा टावारहरुबीको दुरी ८० मिटर देखि ८५४ मिटरसम्म हुनेछ । 

आयोजना निर्माणका लागि कुल २४.६५ हेक्टर जमिन आवश्यक पर्ने अध्ययनले देखाएको छ । जसमध्ये, ०.५३३ हेक्टर ३७ वटा टावरको लागि र २४.११७ हेक्टर आयोजनाको लागि आवश्यक पर्नेछ । 

आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, बायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३