विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण अमुवा वितरण केन्द्रले ६३ लाख ३८ हजार विद्युत महसुल बक्यौता असुली गरेको छ । केन्द्रले लामो समयसम्म विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुली गरेको हो । 

बारम्बार ताकेतागर्दा पनि महसुल बुझाउन अटेर गर्ने ग्राहकको लाइन काटि बक्यौता असुली गरेको केन्द्र प्रमुख महेन्द्र दासले बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएदेखि हालसम्मको अवधिमा महसुल बुझाउन अटेर गर्ने ८ सय १३ ग्राहकको लाइन काटी बक्यौता असुल गरिएको छ ।

लाइन काटिएका ग्राहकबाट करिब ५८ लाख ३९ हजार ५ सय रुपैयाँ असुली गर्न बाँकी थियो । लाइन काटिएका ग्राहकमध्ये ६ सय ३० जनाले जरिवाना सहितको ६३ लाख ३८ हजार ६ सय ५५ रुपैयाँ बुझाएपछि उनीहरुको लाइन पुन जोडिएको छ ।

बाँकी १ सय ८० जनाले पनि जरिवाना सहितको बाँकी बक्यौता बुझाएपछि उनीहरुको लाइन पुन जोडिने पनि दासले बताए । 

केन्द्रले विद्युत महसुल संकलनलाई तिव्र गतिमा अघि बढाएको छ । पहिलो चरणमा ३ हजारभन्दा बढी भएको वा ६० दिनसम्म विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटिएको दासले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit