विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काभ्रेको पाँचखाल क्षेत्रलाई चालू आर्थिक वर्षभित्र काठको पोलमुक्त बनाइने भएको छ । नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले जीर्ण अवस्थाका सबै पोलको स्थानमा स्टिल तथा सिमेन्टको पोल राखी काठका पोल प्रतिस्थापन गरिसक्ने भएको हो ।

पाँचखाल क्षेत्रमा जीर्ण र ढल्ने अवस्थामा पुगेका पुराना काठका पोलका कारण विद्युतीय दुर्घटनाको जोखिम बढेपछि नयाँ पोल राख्ने अभियानअन्तर्गत धमाधम काम भइरहेको वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले बताए । ‘अहिलेसम्ममा ६ हजार ५ सय बढी काठका पोल बदली गरिसकेका छौ,’ उनले ऊर्जा खबरसँग भने, ‘अबको ४ महिनामा पाँचखाललाई काठको पोलमुक्त बनाउँछौं ।’

उनले अब करिब ७ सयको हाराहारीमा काठका पोल फेर्न बाँकी रहेको बताए । काठका पोल बदली गर्न अहिलेसम्ममा ९ करोड रुपैयाँ बजेट खर्च भइसकेको पनि ढकालले बताए । बाँकी पोल बदली गर्न अझै २ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

यस्तै, वितरण केन्द्रले हेर्ने सबै स्थानीय तहमा चालू आर्थिक वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्य छ । अब चौरीदेउराली गाउँपालिकाको वडा नम्बर ३ र ५ मा मात्रै विद्युतीकरण गर्न बाँकी रहेको ढकालले जानकारी दिए ।

असारभित्र दुवै वडामा पूर्ण विद्युतीकरण भइसक्ने उनको दाबी छ । वितरण केन्द्रअन्तर्गत १९ हजार ग्राहक छन् । काभ्रे वितरण केन्द्रबाट छुट्टिएर पाँचखाल वितरण केन्द्र स्थपानमा भएपछि मात्रै ४ हजार ग्राहक थपिएका छन् ।

वितरण केन्द्र अन्तर्गत अहिले करिब १६ प्रतिशत विद्युत चुहावट भइरहेको छ । चोरी चुहावट पूर्णरूपमा नियन्त्रण भइसके पनि लामो दुरीका वितरण लाइनका कारण प्राविधिक चुहाटव घटाउन नसकेको वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit