विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

बैतडी । बैतडीको सिगास गाउँपालिका –३ स्थित लगन बजारमा पहिलो पटक बिजुलीबत्ती बलेको छ । लगन बजारमा ट्रान्सफर्मर राखेसंगै बिजुलीबत्ती बलेको हो ।  

सिगास गाउँपालिका र नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको संयुक्त प्रयासमा सिगास गाउँपालिकाका विभिन्न स्थानमा विद्युत विस्तारको कार्य भइरहेको सिगास गाउँपालिका –३  वडाअध्यक्ष अमर सिंह धामीले बताए । ठुलीसैनी लगन, चामडाया, पैरा मल्लीसैनी लगायतका टोलहरुका लागि मिटर बक्स मगाइसकेकाले एक हप्ता भित्रै बिजुली बल्ने उनले बताएका छन् । 

लामो समयको पर्खाइपछि गाउँघरमा विद्युत विस्तार भएपछि खुसी लागेको स्थानीयहरुले बताएका छन् ।  लगन बजारमा विद्युत विस्तार भएसंगै आसपासका क्षेत्रहरुमा पनि विद्युत विस्तार गरिने भएको छ ।  

बाँकी रहेका टोलका लागि पनि वडा नम्बर ३ कै चमडेखर्कमा  र्को ट्रान्सफर्मर जडानको काम भैसकेको र चार्ज हुन बाँकी रहेकाले सो क्षेत्रमा समेत छिट्टै बिजुली बल्ने वडाअध्यक्ष धामीले जानकारी दिए ।

सिगास गाउँपालिकामा विद्युत विस्तारका लागि तीव्र रुपमा काम भइरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३