विद्युत अपडेट

  • प्राधिकरण : ८०९४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८९१३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४३८३ मे.वा.घन्टा
  • आयात : ४५६ मे.वा.घन्टा
  • निर्यात : ११६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : ७० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१९१६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०२४ मे.वा.
२०८३ भदौ १७, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । संखुवासभामा निर्माणाधीन १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको डिजाइन तथा लागत पुनरावलोकन गर्दा आयोजनाको कुल लागत २५ देखि ३० अर्ब रुपैयाँसम्म घट्न सक्ने देखिएको छ । प्रारम्भिक अध्ययन तथा परामर्शदातासँगको छलफलबाट आयोजनाको 'डिजाइन अप्टिमाइजेसन' र अनावश्यक संरचना तथा लागत पुनरावलोकनमार्फत ठूलो रकम घटाउन सकिने अवस्था देखिएको उल्लेख गरिएको छ ।

अपर अरुण जलविद्युत् कम्पनीको कार्यकारी प्रमुखका रूपमा करिब ४ महिना २० दिन काम गरी नेपाल विद्युत् प्राधिकरण उत्पादन निर्देशनालयको उपकार्यकारी निर्देशकको जिम्मेवारीमा फर्किएका किरणकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्ताे धारणा सार्वजनिक गरेका हुन् । उनका अनुसार डिजाइन अप्टिमाइजेसनबाट मात्रै आयोजनाका विभिन्न सुरुङ करिब ४ देखि ५ किलोमिटर घटाउन सकिने देखिएको छ । त्यस्तै, अनावश्यक संरचना र विषयमा गरिएको डिजाइन तथा लागत अनुमानको पुनरावलोकन गर्दा आयोजनाको कुल लागत करिब २५ देखि ३० अर्ब रुपैयाँ घट्न सक्ने प्रारम्भिक निष्कर्ष रहेको छ । आयोजनाको हालका परामर्शदातासमेत डिजाइन तथा लागत पुनरावलोकनको विषयमा करिब सहमत रहेको उनले उल्लेख गरेका छन् ।

लागत घटाउन सकिए अपर अरुण व्यावसायिक वित्तीय लगानीका दृष्टिले थप आकर्षक बन्न सक्ने उनको भनाइ छ । देशको वित्तीय बजारमा रहेको अधिक तरलताको समुचित प्रयोगमार्फत यो ठूलो आयोजना स्वदेशी लगानीमा निर्माण गर्दा अर्थतन्त्रलाई समेत चलायमान बनाउन सकिने उनले बताएका छन् ।

आयोजनाले वार्षिक करिब ४ हजार ८५० गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने र सुख्खायाममा मात्रै करिब १ हजार ३०० गिगावाट घण्टा ऊर्जा उपलब्ध गराउने उनको दाबी छ । उनका अनुसार आयोजनाबाट वार्षिक करिब ३० अर्ब रुपैयाँ राजस्व आम्दानी हुन सक्ने भएकाले यो आयोजना भविष्यमा नेपाल विद्युत् प्राधिकरण र समग्र देशको विकासको एउटा महत्त्वपूर्ण खम्बा बन्न सक्ने सम्भावना छ ।

स्वदेशी लगानीमै आयोजनाको निर्माण गर्न सकिने अठोटका साथ अघि बढाइएको निर्णयप्रति आफू सकारात्मक भए पनि यसअघि तयार गरिएको डिजाइन र वित्तीय ढाँचाकै आधारमा आयोजना निर्माण गर्ने विकल्पमा भने आफू पूर्ण रूपमा सहमत हुन नसकेको उनले बताएका छन् । उचित र 'अप्टिमम डिजाइन' तथा लागत पुनरावलोकन गरेपछि मात्रै आयोजना वित्तीय रूपमा आकर्षक बन्ने देखिएपछि आयोजनालाई अगाडि बढाउनुपर्ने धारणा आफूमा बलियो बनेको उनको भनाइ छ ।

उनले आयोजनाको जिम्मेवारीमा रहने गरी आफूले पाएको समय निकै छोटो भएकाले आयोजनाको पूर्ण पुनरावलोकन प्रतिवेदन तयार गर्न भने नसकेको उनले उल्लेख गरेका छन् । करिब ५५० मिटर हेड भएको र सुख्खायाममा समेत राम्रो ऊर्जा दिने अपर अरुण आयोजना नेपाल विद्युत् प्राधिकरणले नै बनाउनु उपयुक्त हुने उनकाे तर्क छ । भोटेको बाढीको विपद्का कारण जिम्मेवारी सम्हाल्ने र छाड्ने समय सहज नभएको पनि उनले कम्पनीबाट आफ्नो विदाइका अवसरमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३