विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गणेश हिमाल हाइड्रो पावर प्रालिले निर्माण गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लाको खनियाबास, गंगाजमुना र नेत्रावती गाउँपालिकाको सिमाना भई बग्ने आँखुखोलामा अघि बढ्न लागेको आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।

सञ्चालक समिति चैत २३ गते बसेको बैठकले आयोजनामा आवश्यक लगानीको स्रोत व्यवस्थापन गरी कम्तीमा ६० प्रतिशत लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीको निर्णय बमोजिम चैत २४ गते प्रवर्द्धक र लगानी कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले धादिङमा ८.४० मेगावाटको आँखुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७० भदौ ८ गतेदेखि व्यावसायीक बिजुली उत्पादन गरिरहेको छ ।

आँखु खोला–२ नदीको प्रहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजना हो । यसको डिजाइन बहाव २७.७३ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ९१ मिटर हुनेछ । आयोजनाबाट वार्षिक सरदर १२२.१६ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको मुख्य संरचनाहरू आँखु खोलाको दायाँ किनारामा रहनेगरी डिजाइन तयार पारिएको छ । आँखुखोलामा बाँध बाधी खोलाको दायाँपट्टि निर्माण हुने इन्टेक पाइपबाट पानीलाई आयोजनाको मुख्य संरचनाहरू हुँदै विद्युत गृहमा लगिनेछ ।

विद्युतगृह नजिकै स्वीचयार्ड निर्माण गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत ११ केभी प्रसारण लाइन मार्फत ५ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणका प्रस्तावित लपाङ सब–स्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । आयोजनबाट २०८३ चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३