विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत मिटर रिडर संघर्ष समितिले गोटा गन्ति मिटर रिडरलाई प्राधिकरणको ज्यालादारी कर्मचारी बनाउन माग गरेको छ । मिटर रिडरलाई गोटा ठेक्काका मान्छे हुन भन्दै अपमानपूर्ण व्यवहार भएको भन्दै जेठ २३ गते केन्द्रीय कार्यालयलाई ध्यााकर्षण पत्र बुझाउँदै समितिले यस्ताे माग गरेको हो ।

मिटर रिडरहरूलाई प्राधिकरणको ज्यालादारी सरह ६२३ जनालाई एकै प्रकारको ज्यालादारी कर्मचारी बनाउन माग गरिएको समितिले जनाएको छ । समितिले लामो समयदेखि प्राधिकरणले मिटर रिडरमाथि विभेद गर्दै सेवा सुविधाबाट बञ्चित गरेको आरोप लगाउँदै आगामी ७ दिनभित्र माग सम्बोधन नभए आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।

पटकपटक आफ्ना मागबारे ध्यानाकर्षण गर्दा पनि सम्बन्धित निकायले समाधानका लागि चासो नदेखाएकाले ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिइएको छ । माग पूरा नभए आगामी असार १ गतेबाट चरणबद्धरूपमा आन्दोलनका कार्यक्रम अघि बढाइने उनीहरूको चेतावनी छ ।

लामो समयदेखि कार्यरत रहेर प्राधिकरणको हरेक कामकाजमा उत्साहपूर्ण र सक्रियरूपमा सहभागी भए पनि मिटर रिडरलाई वेवास्ता गर्दै आएको समितिको आरोप छ । विगत १५ वर्षदेखि प्राधिकरणमा कार्य गर्दै आए पनि प्राविधिकरूपमा पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित गरेको समितिको ध्यानाकर्षण पत्रमा उल्लेख छ । पत्रमा प्राधिकरणमा गरेको योगदान र श्रमको खिल्ली उडाइएको, कुनै मुल्याङ्कन समेत नभएको समेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit