विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेशकाे जुम्ला जिल्लामा पहिलाे पटक राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण तथा वितरण प्रणाली विस्तार गरी जिल्लाकाे चन्दननाथ नरपालिकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुर्याएकाे हाे ।

आइतबारदेखि चन्दननाथ नगरपालिकामा केन्द्रीय प्रणालीकाे बिजुली बलेकाे प्राधिकरण जुम्ला वितरण केन्द्र प्रमुख गौरव पाण्डेले बताए । उनका अनुसार ७५ किलोमिटर लामो ११ केभी वितरण लाइन विस्तार गरी जिल्लामै पहिलाे पटक प्राधिकरणले विद्युत पहुँच पुर्याएको हो ।

कालिकोटदेखि जुम्लाको कालंगा बजारसम्म  याे वितरण लाइन निर्माण गरिएको छ । ‘जुम्ला पहिलो पटक राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘जिल्लामा विद्युत पहुँच पुगेपछि चन्दननाथ नगरपालिकाका करिब २१ सय बढी घरधुरीमा सेवा पुगेको छ ।’ जिल्लाकै तिला र तातोपानी गाउँपालिकामा पनि साउनभित्र विद्युत सेवा विस्तार गरिने पाण्डेले बताए ।

अहिले यो क्षेत्रमा चन्दननाथ नगरपालिकामा रहेको २२० किलोवाटको लघुजलविद्युतबाट विद्युत वितरण भइरहेको छ । प्राकृतिक विपद्का कारण क्षति पुगेको लघुजलविद्युत केन्द्र  ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारतको अनुदानमा पुनर्निर्माण गरी गत बैशाख २२ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।

पुरानो भएर उत्पादन घट्दै गएपछि पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको हो । लघुजलविद्युतबाट उत्पादित विद्युत जिल्लाका करिब २ हजार घरधुरीमा वितरण गरिएको छ ।  विद्युतका उपभोक्ता बढेपछि लघुजलविद्युतकाे क्षमता बढाएर पुनर्निर्माण गरिएको पाण्डले बताए ।

२०० किलोवाटको लघुजलविद्युत केन्द्र २०३७ सालमा निर्माण सुरु गरी २०३९ सालबाट सञ्चालनमा ल्याइएको ल्याएको थियो । विद्युत प्राधिकरणको स्वामित्वमा रहेको लघुजलविद्युत केन्द्र २०५६ सालदेखि जुम्ला साना जलविद्युत् उपभोक्ता समितिले भाडामा सञ्चालन गरेको थियो । जुम्लामा वितरण केन्द्र स्थापना भएपछि भने २०७७ जेठ १८ गतेदेखि प्राधिकरण आफैंले सञ्चालन तथा मर्मत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit