विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ  । यादवविरुद्ध असार ७ गते (बिहीबार) मुद्दा दायर भएको हो ।

निज यादवले आफ्नो कार्यकालभरि स्रोत भन्दा बाहिरको सम्पति आर्जन गरेको भन्ने आरोपमा दायर मुद्दाउपर छानबिन हुँदा आम्दानी नखुलेको झण्डै डेढ करोड रुपैयाँ फेला परेको अख्तियारले उल्लेख गरेको छ ।अख्तियारका अनुसार करिब ३० वर्षे सेवा अवधिमा १ करोड ४२ लाख ५२ हजार ५ सय ५० रुपैयाँको स्रोत नखुलेको भेटिएको छ ।

समग्र आय (आम्दानी) तथा व्यय (खर्च तथा लगानी) को बिश्लेषण गर्दा निजको पारिश्रमिक बचत, प्रोत्साहन भक्ता, विदेश भ्रमण भक्तावापत प्राप्त रकम, सेयरबाट प्राप्त नगद लाभांश, ब्याज आम्दानी, घरबहाल आय, बीमा म्याचुयर्ड भई प्राप्त रकम, सवारी बिक्रीबाट प्राप्त रकम, कृषि आय, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, प्राधिकरण, बैंक र सहकारीबाट लिएको कर्जा आयसमेत गरी जम्मा १ करोड ७२ लाख ४६ हजार ४४ रुपैंया आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

तर, सोही अवधिमा निजको ब्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, कर्जाको साँवाब्याज भुक्तानी, घरबहाल कर, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, सेयर खरिद तथा लगानी र बैंक मौज्दातसमेत गरी ३ करोड १३ लाख ९८ हजार ५ सय ९४ रुपैंया खर्च तथा लगानी गरेको भेटिएकाे आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३