विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८२ ब‌ैशाख १, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व–कार्यकारी निर्देशक कुलमान घिसिङको मुद्दामाथिको सुनुवाई नसकिएपछि आज (बुधबार) पनि हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश द्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा बहस भएको थियो ।

मंगलबार पनि हेर्दा हेर्दैमा राखिएको सुनुवाई बिहीबार सकिने र अन्तरिम आदेश हुने वा नहुने भन्ने टुंगो लाग्नेछ । मंगलबार  घिसिङको पक्षबाट वरिष्ठ अधिवक्ताहरू दिनमणि पोखरेल, माधव बस्नेत लगायतले बहस गरेका थिए भने बुधबार शाक्यको तर्फबाट बहस भएको थियो ।

आज सरकारी पक्षबाट महान्यायाधिवक्ता रमेश वडाल सहितका कानुन व्यवसायीले आफ्नो तर्क प्रस्तुत गरिसकेका थिए । यस्तै, बिहीबार शाक्यको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायत कानुन व्यवसायीले बहस गर्नेछन् । हालसम्मको कानुनी बहसका आधारमा अदालतले अन्तरिम आदेश जारी नगर्ने सम्भावना बलियो देखिएको कानुनी जानकारको विश्लेषण छ ।

घिसिङले सरकारले आफ्नो कार्यकाल करिब ४ महिना बाँकी छँदै चैत ११ गते पदमुक्त गर्ने निर्णय गरेकोले सोको कार्यान्वयन नगर्न नगराउन आदेश माग गर्दै सरकारलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

शाक्यले पनि यसअघि आफूलाई कार्यकाल पूरा नगरी सरकारले ६ महिनामै पदमुक्त गरेको भन्दै त्यसविरुद्ध अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए । यद्यपि, उनको मुद्दामा अदालतले ३२ पटक पेशी सारेर पनि फैसला गरेको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३