विद्युत अपडेट

  • प्राधिकरण : ९८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८८१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २२३९७ मे.वा.घन्टा
  • आयात : ३७८० मे.वा.घन्टा
  • निर्यात : ३०५२ मे.वा.घन्टा
  • ट्रिपिङ : २०४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२१२ मे.वा.
२०८२ जेठ २४, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका २१ वटा सहायक कम्पनीहरूको प्रगति र अवस्थाबारे अध्ययन थालिएको छ । प्राधिकरणका सहायक कम्पनीहरूमा केही वर्षयता अपारदर्शीता र अनियमितता बढेको चर्चा चलिरहँदा प्राधिकरणले समिति नै बनाएर अध्ययन थालेको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको अध्यक्षतामा तीन साताअघि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णयअनुसार समिति गठन भएको थियो । 

प्राधिकरण सञ्चालक समितिका सदस्य डा. बलबहादुर पराजुलीको संयोजकत्वमा गठित ३ सदस्यीय समितिको सदस्यहरूमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव गोकर्णराज पन्थ र प्राधिकरणकै उपकार्यकारी निर्देशक नवराज ओझा रहेका छन् ।

समितिलाई प्राकिरणका सहायक कम्पनीहरूको अवस्था तथा प्रगतिबारे अध्ययन गरी १ महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउन कार्यादेश (टिओआर) तोकिएको छ । 

अध्ययन समितिले काम सुरु गरेको करिब २० दिन भइसकेको र हालसम्म प्राधिकरणका सबैजसो सहायक कम्पनीको प्रगति र अवस्थाका बारेमा प्रस्तुतिकरण सुनुवाइ गर्ने काम भएको समितिका सदस्य पन्थले ऊर्जा खबरसँग बताए । 

‘करिब सबैजसो कम्पनीहरूको अवस्था र प्रगतिबारे प्रस्तुतिकरण सुन्ने काम भइसकेको छ,’ उनले भने, ‘अब समितिले माग गरे अनुसारको ढाँचामा प्रगति विवरण मागेका छौँ, त्यो आएपछि थप अध्ययनसहित १०/१२ दिनभित्रमा सुझावसहितको प्रतिवेदत तयार पारी समितिले बुझाउने छ ।’ 

कम्पनीहरूको अवस्था र प्रगतिबारे अध्ययन गर्ने क्रममा गम्भीर समस्या देखिए थप तथा विस्तृत अध्ययन समेत हुन सक्ने उनको भनाइ छ । 

प्राधिकरणका सहायक कम्पनीहरू

१. चिलिमे जलविद्युत् कम्पनी लिमिटेड

  •    उत्पादन क्षमताः २२.१ मेगावाट (चिलिमे)

२. रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड 

  • उत्पादन क्षमता : १११ मेगावाट (रसुवागढी)

३. साञ्जेन जलविद्युत् कम्पनी लिमिटेड 

  • उत्पादन क्षमता : ४२.५ मेगावाट (साञ्जेन) र १४.३ मेगावाट (साञ्जेन माथिल्लो) 

४. मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेड

  • उत्पादन क्षमता : १०२ मेगावाट (मध्य भोटेकोसी)

५. अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेड

  • उत्पादन क्षमताः ४५६ मेगावाट

६. तामाकोसी जलविद्युत् कम्पनी लिमिटेड

  • निर्माणाधीन आयोजना : ९९‍.८ मेगावाट तामाकोसी–५ जलविद्युत् आयोजना

७. रघुगंगा हाइड्रोपावर लिमिटेड

  • निर्माणाधीन आयोजना : ४० मेगावाट राहुघाट जलविद्युत् आयोजना

८. तनहुँ हाइड्रोपावर लिमिटेड

  • निर्माणाधीन आयोजना : १४० मेगावाट तनहुँ जलविद्युत् आयोजना

९. अप्पर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेड

  • आयोजना : १०६३.३६ मेगावाट (अप्पर अरुण) र ४० मेगावाट (इखुवा खोला)

१०. दूधकोसी जलविद्युत् कम्पनी लिमिटेड

  • आयोजना : ६३५ मेगावाट दूधकोसी जलविद्युत् आयोजना

११. मोदी जलविद्युत् कम्पनी लिमिटेड 

  • आयोजना : माथिल्लो मोदी ‘ए’ (४२ मेगावाट) र क्यास्केड आयोजना १८.२ मेगावाट

१२. तमोर पावर कम्पनी लिमिटेड 

  • आयोजना : तमोर जलाशय जलविद्युत् (७६२ मेगावाट) 

१३. आँधीखोला पावर कम्पनी लिमिटेड

  • आयोजना : आँधीखोला जलाशय (१८० मेगावाट, स्याङ्जा) 

१४. त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड

  • निर्माणाधीन आयोजनाः ३७ मेगावाट त्रिशूली–३ बी जलविद्युत् आयोजना

१५. उत्तरगंगा पावर कम्पनी लिमिटेड

  • आयोजना : उत्तरगंगा जलाशय (८२८  मेगावाट) 

१६. एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड

  • सेवा : परामर्श, इन्जिनियरिङ, आयोजना व्यवस्थापन

१७. चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेस कम्पनी (चेस्को) 

  • सेवा : इन्जिनियरिङ अध्ययन, डिजाइन तथा परामर्श 

१८. नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड

  • सेवा :  विद्युत् व्यापार

१९. पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड

  • सेवा : विद्युत् प्रसारण

२०. टावर तथा पोल उत्पादन कम्पनी लिमिटेड

  • सेवा : टावर र पोल उत्पादन

२१. ट्रान्सफर्मर उत्पादन कम्पनी लिमिटेड

  • सेवा : ट्रान्सफर्मर उत्पादन

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३