विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८२ चैत २२, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पछिल्लो समय देखिएको पेट्रोलियम इन्धनको सङ्‌कट टार्न सरकारले दुई वटा प्रमुख दुई उपाय कार्यान्वयनमा लाने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालको सङ्‌कट टार्न उक्त दुई उपाय अवलम्बन गर्ने निर्णय गरेको हो ।

बैठकले सम्पूर्ण सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।  यी दिनमा शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयको बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिने भएको उनले जानकारी दिए । यस उपायले खास गरी पेट्रोल र डिजेलको खपतमा कमी आउने अपेक्षा गरिएको छ । 

त्यस्तै, सरकारले पेट्रोल तथा डिजेल इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनको व्यवस्था गर्ने समेत निर्णय गरेको छ । यसबाट  आयातित पेट्रोलियम ऊर्जाको खपत कम गर्ने र स्वदेशमै उत्पादन विद्युत्को बजार विस्तार हुने समेत अपेक्षा सरकारले राखेको छ ।

पश्चिम एसियाली खाडी मुलुकहरूमा बढ्दै गएको तनावका कारण पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा गम्भीर अवरोध सिर्जना हुनुका साथै इन्धनको मूल्यमा समेत उच्च वृद्धि भएको छ । मुलुकमा देखिएको यस जटिल परिस्थितिलाई मध्यनजर गर्दै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन खपत न्यूनीकरण गर्न र विदेशी मुद्रा सञ्चितिमा पर्ने दबाब कम गर्न उक्त निर्णयहरू गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३