विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (२०८२/८३) को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँको बिजुली निर्यात गरेको छ । देशभित्र खपत गरी बचेको विद्युत् प्राधिकरणले निर्यात गरेको हो । हाल दैनिक औसतमा १ हजार मेगावाट विद्युत् निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । 

भारतीय विद्युत् बजार (इन्डियन इनर्जी एक्सचेन्जे–आइइएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री प्राधिकरणले विद्युत् बिक्री गरिएको उनले बताए । त्यस्तै, भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रूपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको उनको भनाइ छ । 

उनका अनुसार भारतसँगको भारतीय रुपैयाँ (भारु) मा र बंगलादेशमा अमेरिकी डलरमा हुने गरेको विद्युत् बिक्री भइरहेको छ । यसले विद्युत् बिक्रीबाट नेपाललाई भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी १ हजार १६५ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति पाएको छ ।

ऊर्जा मन्त्रीद्वारा एलडिसी अनुगमन 

यसैबिच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको स्युचाटारस्थित भार प्रेषणको अनुगमन गरेका छन् । सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् केन्द्र तथा आयोजनाबारे जानकारी लिएका हुन् । 

देशका विभिन्न ठाउँबाट ‘छिनछिनमा बत्ती जाने’ गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने आवश्यक नीतिगत एवम् प्राविधिक सुधारका विषयमा छलफल गरेका थिए ।

बाढी, पहिरोबाट क्षति भएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालु गराउनुपर्ने बताउँदै  घिसिङले छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी काम गर्नका लागि मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न निर्देशन दिए ।

उनले विद्युत्‌गृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन,विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएका मर्स्याङ्दी कोरिडोर २२० केभी, हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन तथा आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे ।

प्राधिकरणका कार्यकारी मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दनकुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराएका थिए । कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोबाट क्षति भएका संरचना मर्मत गरी विद्युत् सेवा चालु गराउन टोली तयारी अवस्थामा राखी सोही बमोजिम काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३