विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवलपरासीस्थित सर्वोत्तम सिमेन्ट लिमिटेडले ५ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । लिमिटेडले कोइलामा आधारित थर्मल प्लान्ट सञ्चालन गरेर आफैं विद्युत उत्पादन गर्दै आएको हो । 

भारतबाट कोइला आयात गरेर थर्मल प्लान्ट सञ्चालन गरिरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बताए । उनका अनुसार प्लान्टबाट ६ वर्षदेखि नियमित विद्युत उत्पादन भइरहेको छ ।

कोइला प्लान्टबाट उत्पादन हुने विद्युत लिमिटेडले सञ्चालन गरेको सर्वोत्तम सिमेन्ट उद्योगमा खपत हुँदै आएको छ ।‘सिमेन्ट उद्योगमा विद्युत आपूर्तिको समस्या नहोस भनेर सुरुवातदेखि नै आफैं विद्युत उत्पादन गरेर खपत गर्दै आएका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘प्लान्टबाट उत्पादन हुने विद्युतले सिमेन्ट उद्योगको २५ प्रतिशत माग धानेको छ ।’

उनले बाँकी ७५ प्रतिशत विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट लिएको  बताए । सिमेन्ट उद्योग सञ्चालनका लागि थर्मल प्लान्टका उपकरण जडान गर्न ६० करोड रुपैयाँ खर्च भएको थियो ।

राष्ट्रिय प्रसारण प्रणालीको विद्युत आपूर्तिमा समस्या हुँदा उद्योगको काम नरोकियोस भन्ने उद्देश्यले ८ मेगावाट विद्युत उत्पादन गर्ने जेनेरेटर पनि राखिएको दाहालले बताए । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत आपूर्ति बन्द हुँदा फर्नेल तेलबाट जेनेरेटर सञ्चालन गरेर उद्योग चलाउने गरेको उनले बताए ।

अहिले कोइलामा आधारित थर्मल प्लान्टबाट विद्युत उत्पादन गरिरहेको भए पनि भविश्यमा सिमेन्ट उत्पादनका क्रममा उद्योगको भट्टीमा जम्मा हुने तापको उपयोग गरेर विद्युत उत्पादन गर्न अध्ययन भइरहेको दाहालले जानकारी दिए ।

यस उद्योगले दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्दछ । उद्योगले उत्पादन गर्ने सिमेन्ट देशभित्रै खपत हुने गरेको छ ।

सर्वोत्तमले जस्तै अन्य धेरै उद्योगले आन्तरिक खपतका लागि आफैं विद्युत उत्पादन गर्दै आएका छन् । लाेडसेडिङ हुने समयमा खुलेका सबै उद्याेगले विद्युत आपूर्ति नियमित गरी काम सञ्चालन गर्न थर्मल प्लान्ट, जेनेरेटरलगायतका वैकल्पिक प्रविधि राखेका हुन् ।

नवलपरासीको दुम्कीबासमा सञ्चालित होङ्सी शिवम् सिमेन्टले पनि उद्योगको भट्टीमा जम्मा हुने तापबाट १२ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । भट्टीबाट निस्केर वायुमण्डलमा मिसिने तापकाृ ‘वेष्ट हिट जेनेरेशन’ प्रविधिबाट मेसिन जडान गरी विद्युतीय ऊर्जामा परिणत गरिएको छ । यसरी उत्पादन भएको विद्युत उद्योग सञ्चालनमा खपत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit