काठमाडौँ । ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ संसदमा पेस गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका हुन् । विधेयक पेश भएपछि यसको सैद्धान्तिक पक्षमाथि सामान्य छलफल समेत आरम्भ भएको छ ।
विधेयकले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता हासिल गर्नका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारलाई सहयोग गर्ने गरी नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता केन्द्र स्थापना गर्ने व्यवस्था गरेको छ । थोरै ऊर्जाको खपत गरी बढीभन्दा बढी गुणस्तरीय नतिजा प्राप्त गर्न सक्नु ऊर्जा उत्पादन गरेसरह नै हुने भएकोले पछिल्लो मा धेरै परिणाम हासिल गर्न
नेपाल नविकरणीय ऊर्जाको विकासमा विगतदेखि नै निरन्तर लागि परिरहेको र पछिल्लो समय ऊर्जा दक्षतालाई प्रभावकारी रूपमा विकास र विस्तार गर्न यो विधेयक महत्वपूर्ण हुने देखिएको छ ।
विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले यो विधेयकले ऐनको रूप लिएपछि यसले ३ तहको सरकारबीच कसरी सन्तुलित हिसाबले काम गर्न सक्छ भन्ने विषय महत्त्वपूर्ण हुने बताए ।
छलफलमा भाग लिएका २२ जना सांसदहरूले उठाएका प्रश्नहरूबारे जवाफ दिँदै मन्त्री दीपक खड्काले नेपालको संविधान धारा ५१ को खण्ड (६) को उपखण्ड (३) ले नै नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास गर्दै नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका लागि सुपथ र सुलभ रूपमा भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने तथा ऊर्जाको समूचित प्रयोग गर्ने व्यवस्था रहेको र संविधानको सोही व्यवस्था अनुरूप नयाँ कानुनकाे आवश्यकता बाेध गरी उक्त विधेयक ल्याइएको बताए ।
यस्तो छ विधेयक