विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । तीन वटा जलविद्युत कम्पनीले विद्युत बिक्रीबाट २६ करोड रूपैयाँ आम्दानी गरेका छन् ।नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड र माइखोला हाइड्रो पावर कम्पनी लिमिटेडले विद्युत् बिक्री गरी २६ करोड २३ लाख ५६ हजार १७३ रुपैयाँ आम्दानी गरेका हुन् । यी कमम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा सो आम्दानी गरेका हुन् ।

साउनदेखि पुससम्मा तीन कम्पनीले उक्त रकम आम्दानी गरेकाे कम्पनीहरूले सार्वजानिक गरेका वित्तीय विवरणमा उल्लेख छ । 

नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड

नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले चालू आवकाे दाेस्राे त्रैमासमा विद्युत् बिक्रीबाट ५ करोड ४६ लाख ८८ हजार ५ सय रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीको आम्दानी गत वर्षको तुलनामा घटेको देखिएको छ । कम्पनीले गत वर्ष ५ करोड ५८ लाख ९३ हजार ६ सय रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घटेको देखिएको छ । गत वर्ष ७३ लाख ६१ हजार ९६५ रुपैयाँ नाफा कमाएको यस कम्पनीले यो वर्ष ८ लाख ८४ हजार ६९ हजार ९ सय रुपैयाँ मात्र नाफा कमाएको छ । कम्पनीले सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । 

सगरमाथा हाइड्रो पावर कम्पनी लिमिटेड 

सगरमाथा हाइड्रोले चालु आवकाे दाेस्राे त्रैमाससम्ममा विद्युत् बिक्रीबाट १६ करोड ३३ लाख ३५ हजार ३ सय रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत वर्ष १५ करोड ९७ लाख २७ हजार ८ सय रुपैयाँ मात्र आम्दानी गरेको थियो । कम्पनीको विद्युत् बिक्री हुने आम्दानी गत वर्षको तुलनामा बढेको देखिएको छ । 

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढेको छ । कम्पनीले यो अवधिमा ६ करोड ६५ लाख ९४ हजार ३ सय ८६ रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यो अवधिमा कम्पनीले ५ करोड ४५ लाख ९८ हजार ७ सय १३ रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले इलाममा ९.६ मेगावाटको सुपरमाई ‘ए’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेकाे छ । 

माईखोला हाइड्रो पावर कम्पनी लिमिटेड

माईखोला हाइड्रोले पनि विद्युत बिक्रीबाट ४ करोड ४३ लाख ३२ हजार ३०१ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस कम्पनीले विद्युत बिक्री गरी ४ करोड ७३ लाख २२ हजार ४ सय रुपैयाँ आम्दानी गरेको थियो । 

यो अवधिमा कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घटेको देखिएको छ । गत वर्ष १ करोड ३ लाख ४८ हजार ५ सय रुपैयाँ नाफा कमाएको यस कम्पनीले यो अवधिमा ७६ लाख ७८ हजार ३ सय ९५ रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको इलाममा ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत् आयोजना सञ्चालनमा छ । कम्पनीले २०७७ असार ३१ गतेदेखि निरन्तर विद्युत् उत्पादन गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit