विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भई चिसो बढेपछि विद्युतको उच्च माग १४ सय ७० मेगावाट नजिक पुगेको छ । आइतबारदेखि हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपात हुनुका साथै देशभरको मौसम बदली हुँदा विद्युतीय उपकरणको उपयोग बढेपछि विद्युत माग पनि उकालो लागेको हो ।

एसी, हिटरलगायत काेठा तताउन उपयाेग हुने उपकरणकाे प्रयाेग बढेपछि आइतबार (पुस १९ गते) विद्युतको उच्च माग १४ सय ६६ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनका अनुसार यो अघिल्लो वर्ष यहि दिनको भन्दा १ सय ८० मेगावाट बढी हो ।

विद्युत खपत बढेसँगै आपूर्ति व्यवस्थापन मिलाउन भारतबाट ६ सय २५ मेगावाट विद्युत आयात भएको छ । यो आयात अघिल्लो वर्षको भन्दा १ सय ६४ मेगावाट बढी हो । गत पुस १२ गते विद्युत माग १४ सय ५७ मेगावाट हुँदा ६ सय ३२ मेगावाट विद्युत आयात भएकाे थियाे ।

‘अहिले नदी प्रवाही जलविद्युतगृह कम क्षमतामा चल्ने बेला हो,’ उनले ऊर्जा खबरसँग भने, ‘वर्षामा बढी भएको विद्युत भारततर्फ जाने भए पनि हिउँदमा माग अनुसारको आपूर्ति व्यवस्थापनका लागि भारतबाट हुने आयात केही बढ्छ ।’ उनले बुधबारसम्म मौसममा सुधार नआउने पुर्वानुमान भएकाले माग अझै बढ्ने सम्भावना देखिएको बताए ।

राजधानी काठमाडौंसहित उपत्यकाको विद्युत माग पनि ३ सय ८३ मेगावाट पुगेको छ । यो गत वर्षकोभन्दा ३ मेगावाट मात्रै बढी हो । रातको समयको माग ९० मेगावाट हाराहारीमा रहेको तिम्सिनाले जानकारी दिए ।

माग व्यवस्थापन गर्न विद्युत प्राधिकरणले कुलेखानी जलाशय २४ घन्टा सञ्चालन गरिरहेको छ । विद्युत प्राधिकरणका विद्युतगृहबाट ५ सय ४ मेगावाट उत्पादन भइरहेको छ । 

निजी क्षेत्रको जडित क्षमता ७ सय मेगावाट भए पनि अहिले ३ सय ४ मेगावाट मात्रै उत्पादन गरेका छन् । निजी क्षेत्रको उत्पादन गत वर्ष यही दिनको भन्दा १८ मेगावाट घटेको प्राधिकरणले जनाएको छ । निजी क्षेत्रको गत वर्षको पुस १९ गतेको उत्पादन ३ सय २२ मेगावाट थियो ।

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३