विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले टनकपुर (१३२ केभी लाइन) बाट खाँचो पर्दा ८५ मेगावाटसम्म बिजुली ल्याउन सक्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको पहल र नेतृत्वको प्रयासमा उक्त काम सम्भव भएको हो ।

प्राधिकरणको नेतृत्वमा हितेन्द्रदेव शाक्य आएपछि उनले गरेको निरन्तरको प्रयास तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समन्वयका कारण प्रणालीको क्षमता अनुसार बिजुली ल्याउन भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सिइए) ले स्वीकृति दिएको छ । यसअघि अधिकतम ७० मेगावाटसम्म ल्याउन सक्ने अवस्था रहेकोमा अब बढाउन सकिने प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यले बताए ।

महाकाली सन्धि अनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट निशुल्क ल्याउन पाइन्छ । यो कोटा सकिसकेको हुँदा अहिले व्यापारिक दरमा मात्र आयात भइरहेको छ । ‘हामीले सबैभन्दा सस्तो बिजुली टनकपुरबाट ल्याइरहेका छौं, यसले सुदूरपश्चिममा बढेको लोड (माग) र आपूर्तिलाई सजिलो बनाउनेछ,’ उनले भने ।

प्राधिकरणले टनकपुरबाट प्रतियुनिट भारु ४.१४ (६.६२४ रुपैयाँ) मा बिजुली किन्दै आएको छ । यो भारतबाट आयात गर्ने सबैभन्दा सस्तो दरको बिजुली हो । उता ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट प्रतियुनिट भारु ४.१८ (६.६८८) मा किनिरहेको छ । अन्य १३२, ३३ र ११ केभी लाइनबाट आयात गर्ने बिजुलीको दर प्रतियुनिट ११ रुपैयाँसम्म पर्छ ।

सुदूरपश्चिम क्षेत्रमा ३० मेगावाटको चमेलिया सहित निजी क्षेत्रले निर्माण गरेका ८.५ मेगावाटको नौ गड गाड र ८ मेगावाटको माथिल्लो नौ गड गाड सञ्चालनमा छन् । साथै, आन्तरिक उत्पादन तथा टनकपुर र दार्चुलाको जौलिजिवीबाट आयात हुने बिजुलीबाट यस क्षेत्रको लोड व्यवस्थापन भइरहेको हुँदै आएको छ ।

टनकपुरबाट आयात हुने, चमेलियामा उत्पादित र दार्चुलामा निजी क्षेत्रले उत्पादन गरी त्यहाँ खपत भएर उब्रेको बिजुली कोहलपुर–भुरिगाउँ पहलमानपुर १३२ केभी प्रसारण लाइनमार्फत बाँकेसम्म आइपुग्छ । पछिल्लो समय देशभित्र विद्युत् माग बढ्न थालेपछि भारतबाट आयात हुने परिमाण बढेको छ ।

गत पुस १९ गते चालू वर्षको उच्च माग १४ सय ६६ मेगावाट रेकर्ड भएको थियो । उक्त दिन भारतबाट ६ सय ३४ मेगावाट विद्युत् आयात गरिएको थियो । यता माग बढ्दै गएपछि ढल्केबर–मुजफ्फरपुर लाइनमार्फत थप विद्युत् आयात गर्न प्राधिकरणले गत आइतबार सिइएलाई पत्रचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit