विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिरकणले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम जिल्लाका विभिन्न स्थानीय तहमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुर्याएको छ । प्राधिकरणले विद्युतीय संरचना निर्माण गरी जिल्लाका दुर्गम गाउँमा विद्युत सेवा विस्तार गरेको हो ।

जाजरकोटका भेरी, शिवालय र छेडागाड नगरपालिकामा पहिलो पटक राष्ट्रिय प्रणालीको विद्युत पुगेको छ । ३३ केभी प्रसारण लाइन निर्माण गरी यी स्थानीय तहमा विद्युत सेवा पुर्याएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदीमा पनि विद्युत पुगेको छ । नगरपालिकाका १४ मध्ये वडा नम्बर–३ को खदीमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको हो । 

विद्युत नहुँदा यहाँका स्थानीयको दैनिकी सल्लाको दियालोको भरमा चलेको थियो । राष्ट्रिय प्रसारण प्रणाली विस्तार भई गाउँमा उज्यालो पुगेपछि अब सल्लाको दियालोबाट मुक्ति मिलेकोभन्दै स्थानीय हर्सित बनेका छन् । गाउँमा विद्युत पुगेपछि बत्ती बाल्न, मोबाईल चार्ज गर्न, विद्युतीय उपकरण चलाउन र कुटानी पिसानी गर्ने मिल सञ्चालन गर्न सहज हुने स्थानीय बताउँछन् ।

अहिले खदीका ६० घरमा मिटरबक्स जडान गरी बिजुली बालिएको छ । यो गाउँमा २ सय ५७ घरमा विद्युत पुर्याउने गरी केन्द्रीय प्रसारण लाइन विस्तार भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको लाइन विस्तार परियोजना अन्तर्गत जिल्लाका अन्य गाउँमा पनि विद्युतीकरण गर्दै जाने प्राधिकरणको योजना छ ।

ठेकदार हाइड्रो इनर्जीरमहाशक्ति जेभीले जिल्लामा विद्युतीकरण विस्तारको काम गरिरहेको छ । १९ करोड ३७ लाख रुपैयाँ लागतमा विद्युत विस्तारको काम भइरहेको कम्पनीले जनाएको छ । जिल्लामा प्राधिकरणका झण्डै १२ हजार उपभोक्ता छन् ।

सल्यानको सितलपाटी र जाजरकोटको कुदु सबस्टेसनको छुट्टा छुट्टै फिडरबाट गाउँ–गाउँमा विद्युत पुर्याइएको छ । कुदु सबस्टेसनबाट चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा विद्युत आपूर्ति सुरु गरिएको रुकुम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले बताए । 

उनका अनुसार रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ धैरेनीचौरमा निर्माणाधीन सबस्टेसन पनि यसै बैशाखभित्र सञ्चालनमा आउँदैछ । सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit