विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निशेधाज्ञा अवधिभर विद्युतको मिटर रिडिङ नगर्ने भएको छ । कोरोना (काभिड–१९) संक्रमणको उच्च जोखिमका कारण घर–घर गएर ग्राहकले खपत गरेको विद्युत युनिट हेर्न सक्ने अवस्था नरहेको भन्दै मिटर रिडिङ कार्य बन्द गरिएको हो ।

मिटर रिडिङ गर्ने अवस्था नभएका वितरण केन्द्रहरूले अघिल्लो वर्षको सोही महिनाको विद्युत खपतलाई आधार मानेर ग्राहकको नाममा बिल काट्ने निर्णय भएको प्राधिकरणका प्रवक्त मदन तिम्सिनाले बताए । ‘उपत्यकासहित देशभर नै कोरोनाको जोखिम उच्च रहेकाले निशेधाज्ञाभर मिटर रिडिङ बन्द गरिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘विगतको खपतका आधारमा महसुल उठाउन वितरण केन्द्रहरूलाई निर्देशन भइसकेको छ ।’

उनले गत वर्षको यही अवधिमा कोरोना महामारीकै कारण मिटर रिडिङ हुन नसकेको भए सो भन्दा अघिल्लो वर्षको खपतका आधार बिलिङ गरिने बताए । २ वर्षअघिको बिलिङ यकिन नभएका नयाँ ग्राहकको हकमा अघिल्लो महिनाको खपतका आधारमा बिलिङ हुने पनि उनले जानकारी दिए ।

विद्युत महसुल संकलन काउन्टर सञ्चालन गर्ने सम्बन्धमा पनि स्थानीय प्रशासनसँगको समन्वयमा सम्बन्धित वितरण केन्द्रहरूले खोल्ने वा बन्द गर्ने निर्णय लिन सक्ने तिम्सिनाले बताए । केही जिल्लामा जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि महसुल काउन्टर बन्द छन् । केही जिल्लामा भने बैंक खुल्ने दिनमा मात्रै महसुल संकलन काउन्टरहरू खुल्ला गरिएको प्राधिकरणले जनाएको छ ।

तिम्सिनाले काउन्टरसम्म पुगेर महसुल तिर्दा कोरोना संक्रमित हुने जोखिम उच्च हरेकाले अनलाइनबाटै भुक्तानी गर्न सुझावसमेत दिए । इन्टरनेट सुविधा भई अनलाइन वालेट चलाउने ग्राहकले अनलाइनबाट महसुल भुक्तानी गर्ने गरे पनि ग्रामीण भेगका जनता कोरोना संक्रमणको जोखिम मोल्दै प्राधिकरण कार्यालय धाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit