विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोना महामारी (कोभिड–१९) को संकटपूर्ण समयमा देशका विभिन्न ठाउँमा स्वास्थ्य सामग्री सहयोग गर्ने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र नेपाल मेडिकल एसोसिएसनबीच दुई पक्षीय सम्झौता भएको छ ।

बुधबार (असार ९ गते) भएको सम्झौतामा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य र एसोसिएसनका अध्यक्ष लोचन कार्कीले सम्झाैता आदानप्रदान गरेका छन् । सम्झौता अनुसार कोभिड¬–१९ विरुद्ध लड्नका लागि थप जनशक्ति तयार गर्न आवश्यक तालिम तथा सीप वृद्धि कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

कोभिडको हालको अवस्था र भविष्यमा आउन सक्ने तेस्रो लहरविरुद्ध लड्न स्वास्थ्य पूर्वाधार तथा सामग्री बाहेक दक्ष जनशक्तिको समेत अभाव खड्किएको छ । यो अभाव पूर्ति गर्न यससँग सम्बन्धित तालिमबाट जनशक्ति तयार गर्ने सम्झौतामा भनिएको छ ।

इपानका अनुसार तयारी जनशक्तिद्वारा ऊर्जा तथा जलविद्युत् क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा सर्वसाधारणलाई कोभिडको उपचार गर्ने, टेलिमेडिसिन कार्यक्रममार्फत जानकारी प्रदान गरिनेछ ।

यसैगरी, सम्झौता अनुसार एसोसिएसनले भविष्यमा इपानसँग सम्वद्ध व्यक्ति तथा संस्थालाई कोभिडबाट सुरक्षित रहन गर्नुपनेृ कामको जानकारी दिनेछ । साथै, कोभिड संक्रमण भइहाले एसोसिएसनले  आफ्नो हटलाइन कल सेवाबाट परामर्श पनि प्रदान गर्नेछ ।

इपानले उपाध्यक्ष मोहनकुमार डाँगीको संयोजकत्वमा कोभिड कमिटि स्थापना गरी सदस्यहरू, दाता व्यक्ति तथा संस्थासँगको सहकार्यमा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई लगायत सामान खरिद गरी सहयोग गर्ने निर्णय गरेको थियो ।

इपानको कोभिड कमिटिको योजना अनुसार महामारीका बेला देश र जनताको सेवा गर्ने उत्कृष्ट व्यक्तिलाई प्रदान गर्ने ‘इपान फ्रन्ट लाइन हिरोज अवार्ड’का लागि एसोसिएसनले विज्ञको भूमिका खेल्नेछ । अहिले एसोसिएसनको सल्लाहअनुसार स्वास्थ्य सामग्री वितरण भइरहेको पनि जनाइएको छ ।

यसै सन्दर्भमा बुधबार नै दुई पक्षको सहकार्यमा केही स्वास्थ्य सामग्रीहरू संखुवासभाको मकालु गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । मकालु गाउँपालिका १ लाई अक्सिजन सिलिन्डर, कन्सेनटेटर र अन्य मेडिकल सामग्री स्थानीय समाजसेवी कामाछिरीड शेर्पालाई हस्तान्तरण गरेकाे इपानका सचिव भरतबहादुर खत्रीले बताए । याे गाउँपालिका संखुवासभाकाे निकै विकट क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit