विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सोलुखुम्बुमा २४.४१ मेगावाटको सुपर इन्खु खोला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ । जिल्लाको महाकुलुङ गाउँपालिका–१ र पासाङल्हामु गाउँपालिका–१ भएर बग्ने इन्खु खोलाको पानीलाई सदुपयोग गर्दै आयोजना निर्माण गर्न लागिएको हो । यसका लागि प्रवर्द्धक दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन अनुमतिपत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढएको छ ।

आयोजना अन्तर्गत पानी फर्काउन इन्खु खोलामा समुद्र सतहदेखि २ हजार ६६९ मिटर उचाइमा २९ मिटर लामो बाँध निर्माण गरिने छ । खोलाको बायाँ किनारमा बाँधसँगै रहन इन्टेकबाट ग्राभेल ट्र्याप हुँदै २ वटा वे भएको ६० मिटर लम्बाइ र ७ मिटर चौडाइको पानी थिगार्ने पोखरीमा पानीको प्रवाह गरिने छ । त्यहाँबाट पानीलाई १ हजार ६१७ मिटर लामो मुख्य सुरुङ, २२.१२ मिटर उचाइको सर्ज साफ्ट र ५९७ मिटर लामो पेनस्टक पाइप हुँदै आयोजनाको भूमिगत विद्युत्‌गृहमा लगी विद्युत् उत्पादन गरिने छ ।

आयोजनाबाट वार्षिक औसत १४३.०४ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । उत्पादन हुने उक्त विद्युत् ५ किलोमिटर लामो १३२ केभीको सिङ्गल सर्किट प्रसारण लाइनमार्फत माथिल्लो इन्खु खोला जलविद्युत् आयोजनाको स्विचयार्डमा लगी त्यहाँबाट संयुक्त रूपमा नेपाल विद्युत् प्राधिकरणको शीतलपाटी सबस्टेसनमा प्रवाह गर्ने योजना छ ।

आयोजनाको निर्माण सुरु गरेको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका क्रममा वातावरणमा कुनै उल्लेखनीय प्रभाव पर्ने देखिए ३५ दिनभित्र आफ्नो लिखित रायसुझाव पेस गर्न आह्वान गर्दै विभागले सोमबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३