विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको इनर्जी एक्सचेन्ज बजारमा २५ मेगावाट विद्युत् बिक्रीका लागि विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ ।

इनर्जी एक्सचेन्जमा कम्तीमा पनि २५ मेगावाट विद्युत् उपलब्ध गराउन भारतको पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड (पीटीसीएन) ले आह्वान गरेको टेन्डरमा भाग लिन प्राधिकरणले आयोगबाट स्वीकृत मागेको थियो । पीटीसीएन भारतमा ऊर्जा व्यापारको प्रबन्ध मिलाउने कम्पनी हो ।

आयोग बैठकले गत सोमबार प्राधिकरणलाई नेपालमा विद्युत् बढी भएको अवस्थामा मात्रै भारतमा बिक्री गर्न मिल्ने गरी स्वीकृति दिएको आयोगका सदस्य रामप्रसाद धितालले जानकारी दिए । ‘नेपालमा उत्पादित विद्युत् यहाँ खपत हुन नसकेको र बढी भएको अवस्थामा मात्रै बिक्री गर्न मिल्ने गरी आयोगले स्वीकृति दिएको छ,’ उनले भने, ‘तीन वटा सर्तसहित प्राधिकरणलाई इनर्जी एक्सचेन्जमा विद्युत् बिक्रीको स्वीकृति दिइएको हो ।’

प्राधिकरणलाई अहिले पीटीसीएसनले आह्वान गरेको टेन्डरमा भाग लिन स्वीकृति दिए पनि विद्युत् बिक्री गर्नुअघि ऊर्जाको परिमाण, मूल्य र सर्तहरू पुनः आयोगबाट स्वीकृति गराउने गरी अनुमति दिइएको धितालले बताए । प्राधिकरणले स्वदेशमा उत्पादित विद्युत् रातिको समयमा खेर जाने भन्दै जेठ १५ देखि भारतको इनर्जी एक्सचेन्जमा बिक्रीको तयारीसहित आयोगमा अघिल्लो साता निवेदन दिएको थियो ।

प्राधिकरणले भारतको एनभीभीएनमार्फत इनर्जी एक्सचेन्ज बजारमा विद्युत् बिक्री गर्ने तयारी गरेको हो । भारतमा विद्युत् निर्यात गर्दा प्रतिनिधि संस्थाका रूपमा काम गर्ने गरी एनभीभीएनसँग प्राधिकरणको सम्झौता यसअघि नै भइसकेको छ । आयोगबाट स्वीकृति पाएको र टेन्डरमा भाग लिन एनभीभीएनलाई जानकारी गराइसकिएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । ‘अर्को देशमा विद्युत् बिक्रीका लागि के प्रक्रिया पूरा गर्नुपर्ने हो, त्यसबारे हामीसँग कुनै नियम छैन,’ उनले भने, ‘अहिले प्रक्रिया स्पष्ट नभइसकेकाले आयोगसँग स्वीकृति मागेका हौं ।’

आयोगले इनर्जी एक्सचेन्जमा विद्युत् बिक्रीका लागि अनुमति दिए पनि बिक्री हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको उनले बताए । ‘इनर्जी एक्सचेन्जमा कति मूल्यमा विद्युत् बिक्री गर्ने भन्ने निर्धारण भएको छैन,’ उनले भने, ‘हामीले यहाँ प्रतियुनिट जति मूल्यमा किनेका छौं, इनर्जी एक्सचेन्जमा पनि त्यति नै मूल्यमा बिक्री गर्न एनभीभीएनलाई भनेका छौं ।’

इनर्जी एक्सचेन्जमा विद्युत् बिक्रीका लागि राख्दा जसले सस्तो मूल्यमा राख्यो, उसैको विद्युत् बिक्री हुने भएकाले प्राधिकरणको विद्युत् बिक्री हुन प्रतिस्पर्धी मूल्य हुनुपर्ने शाक्यको भनाइ छ । ‘हामीले राखेको मूल्य किन्नेलाई सस्तो लागे किन्छन्,’ उनले भने, ‘मूल्य प्रतिस्पर्धी लागेन भने विद्युत् बिक्री नहुन पनि सक्छ ।’ सम्पन्न हुने अन्तिम चरणमा रहेका निर्माणाधीन आयोजना पूरा हुनेबित्तिकै बर्खायाममा खपतभन्दा बढी उत्पादन हुने अनुमान छ । यसैका लागि केही वर्षयता प्राधिकरणले भारतको इनर्जी एक्सचेन्जमा विद्युत् बिक्रीका लागि प्रयास गरिरहेको छ ।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit