विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं। अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी सतलजल जलविद्युत् निगम लिमिटेड (एसजेबिएन) अरूण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले ७०२.९ मेगावाट बिजुली बिक्रीको लागि सार्वजनिक प्रस्ताव आह्वान गरेको छ।  

कम्पनीले सोमबार सार्वजनिक सूचना जारी गरेर बिजुली किन्न अनुरोध गरेको हो। भारतीय कम्पनीले नौ सय मेगावाट आयोजना संखुवासभामा निर्माण गरिरहेको छ। अहिलेसम्म आयोजनाको करिब ४० प्रतिशत काम सकिएको छ।

कम्पनीले इच्छुक फर्म वा कम्पनीले ४ अप्रिल २०२१ सम्म बिजुली खरिदबिक्री प्रक्रियामा सहभागिता जनाउनुपर्ने बताएको छ। कम्पनीले जारी गरेको सूचनामा नेपाल, भारत र बंगलादेशका कम्पनीले खरिदबिक्री प्रक्रियामा सहभागिता जनाउन सक्ने उल्लेख गरेको छ। कम्पनीले सो बोलपत्रको फर्म कम्पनीको आधिकारिक वेबसाइटमा राखेको छ।

बोलपत्र प्रक्रियाबाट छनोट हुने कम्पनीले २५ वर्षसम्मको लागि एसजेबिएनसँग बिद्युत् खरिदबिक्री सम्झौता गर्नुपर्नेछ। सम्झौता अनुसार अरूण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित नौ सय मेगावाट बिजुलीमध्ये २१.९ प्रतिशत (१९७.१ मेगावाट) बिजुली नेपाललाई निःशुल्क उपलब्ध गराउनु पर्नेछ।  

कम्पनीले सन् २०२३ को सुरुआती चरणमै आयोजनाले उत्पादन गर्ने जनाएको छ। सतलज कम्पनीमा भारतीय केन्द्रीय सरकारको ६४.४६ प्रतिशत सेयर छ, जसमा हिमाञ्चल प्रदेशको २५.५१ प्रतिशत र बाँकी सर्वसाधारणको सेयर छ। यो आयोजनाको लागि ७० मिटर अग्लो ड्याम निर्माण गरिँदैछ।

११.७४ किलोमिटर हेडरेस टनेल मुख्य सुरुङ निर्माण गरिनेछ। उक्त सुरुङको ब्यास भने ९.५ मिटरको रहनेछ। अरूण तेस्रो जलविद्युत् आयोजनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी केपी शर्मा ओलीले २९ वैशाख २०७५ मा स्विच थिचेर शिलान्यास गरेका थिए।

नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३