विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं। लमजुङस्थित १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाको काम ९४ प्रतिशत पूरा भएको छ । दोर्दी खोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको बाँध क्षेत्रको सिभिल निर्माणको काम अन्तिम चरणमा पुगेपनि गत असार १ गते आएको बाढीले आयोजनाको डिसान्डरको सुरक्षित पर्खाल, स्टिलीङ बेसीनमा क्षति पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले बाँधको सुरक्षित पर्खाल बनाउने काम भइरहेको छ ।

गत जेठमा पूरा भएको २.५ किलोमिटर मुख्य सुरुङको फिनीसिङको काम अन्तिम चरणमा पुगेको छ । ७ सय ३५ मिटर लामो पेनस्टक पाइपको ६ सय ७५ मिटर पेनस्टक पाइप जडान पनि सकिएको छ ।

विद्युतगृहको सिभिल संरचनाको काम सकिएको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको थियो, तर गत असारमा आएको बाढी पसेर मेसिन हलनै ढुवानमा परेको  थियो । अहिले इलेक्ट्रोमेकानिकल उपकरण सफा गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।

आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको असरले आयोजना धकेलिएको छ । साथै, गत असारमा आएको बाढी पहिरोले आयोजनामा क्षति पुग्दा उत्पादन तालिका पछि सरेको छ ।

अब आयोजनाको सबै काम पुरा गरेर पुसभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।  सबस्टेसनसम्मको आवश्यक ३.५ किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गरिरहेको छ ।

प्रसारण लाइनको आवश्यक १५ वटा टावर ठड्याएसकिएको पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब रुख कटान गरि तार तान्ने काम सुरु गरिनेछ ।

आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा सानिमाको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३