विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा ७८ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गर्न १३ अर्ब रुपैयाँ बढी लागत अनुमान गरिएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन अनुसार आयोजना सम्पन्न गर्न उक्त रकम लाग्ने देखिएको हो ।

प्रवर्द्धक सालासुंगी पावर प्रालिले गरेको इआईएअनुसार आयोजना बनाउन १३ अर्ब १९ करोड ८ लाख ६० हजार रुपैयाँ लागत लाग्ने देखिएको छ । यो आयोजनाको यसअघि नै इआईए गरी निर्माण कार्य अघि बढाइएपनि आयोजनाको केही संरचनाहरू हेरफेर गर्नुपर्ने भएकोले पूरक इआइए गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्वीकृत इआइएमा भएको बाँधको लम्बाई १३ मिटरबाट १६.५ मिटर र उचाई २.३१ मिटरबाट २५ मिटर पुर्याउन लागिएको छ ।यसैगरी, हेडरेस टनेलको लम्बाई २५२ मिटर थप हुनेछ । साथै, टर्बाइन, सर्ज ट्यांक, पहुँचमार्ग पनि केही परिवर्तन गरेर डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

आयोजना निर्माण गर्नका लागि नेपालर सरकारबाट प्राप्त भोगाधिकारको जमिन १५.७० हेक्टर स्थायी तथा १२.१५ हेक्टर अस्थायी रहेकोमा अब १४.०२ हेक्टर स्थायी र १०.२३ हेक्टर जग्गा अस्थायी रुपमा आवश्यक पर्नेछ ।

यो आयोजनाको ५० प्रतिशत निर्माण पूरा भएकोले थप जमिन नचाहिने तथा संरचनाको  परिवर्तन गर्नुपर्ने भएकोले इआइए गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit