विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाले आगामी भदौभित्र उत्पादन सुरु गर्ने भएको छ । सान्जेन जलविद्युत कम्पनीले निर्माण गरिरहेको आयोजनाको विद्युत प्रणालीमा थपिन लागेको हो ।

आयोजनाको ९९ प्रतिशत काम सकिएको कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाको लट ३ को इलेक्ट्रोमेकानिकलको काम पनि सकिन लागेकाे छ । कार्य तिव्र गतिमा अघि बढाएको कम्पनीले जनाएको छ । आयोजनाको बाँकी सबै काम सम्पन्न गरी आगामी भदौभित्र उत्पादन गर्ने लक्ष्य छ ।

यही कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाट सान्जेन जलविद्युत आयोजनाको काम पनि आगामी चैतभित्र पूरा हुने सार्वजनिक भएको वित्तिय विवरणमा उल्लेख छ । आयोजनाको ८३.९१ प्रतिशत काम सकिएको छ ।

कोभिड–१९ को पहिलो, दोस्रो र तेस्रो लहरका कारण ठेकेदारका सम्पूर्ण जनशक्ति, स्रोतसाधन परिचालनमा थप कठिनाई उत्पन्न भई दुवै आयोजनाका इलेक्ट्रो मेकानिकल उपकरणहरूको उत्पादन जडान, परिक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरू नेपाल आउन नसक्दा करिब २ वर्ष काम प्रभावित हुँदा उत्पादन तालिका धकेलिएको विवरणमा उल्लेख छ ।

आयोजना सम्पन्न गर्न ७ अर्ब २४ करोड २२ लाख (सान्जेनको ५ अर्ब २ करोड ४२ लाख र माथिल्लो सान्जेन २ अर्ब २१ करोड ८० लाख) रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको चिलिमे हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइनको काम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit