विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को संयुक्त लगानीमा निर्माण गरिने पूर्वाधार आयोजना र कार्यक्रमको कार्यान्वयन आज (भदौ १३ गते) बाट सुरु भएको छ । पूर्वतयारीका कामहरू लामो समयदेखि भइरहे पनि आजदेखि पाँच वर्षे परियोजनाको दिनगन्ती (काउन्ट डाउन) सुरु भएको हो ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए नेपाल) का अनुसार अहिलेसम्म पूर्व तयारीका कामहरू भएकाेमा आजदेखि निर्माण कार्यको थालनी हुनेछ । साउन अन्तिम साता बसेको एमसीए–नेपालको सञ्चालक समिति बैठकले भदौ १३ लाई पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोके अनुसार परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।

३० अगष्ट २०२८ (२०८५ भदाै १४ गते) भित्र परियोजना सम्पन्न गर्ने गरी बुधबारदेखि निर्माण चरणमा प्रवेश गरेको छ । एमसिसी नेपाल कम्याक्टअन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रसारणलाइन र सडक निर्माणसम्बन्धी आयोजनाको लागि सन् २०१७ मा सरकार र एमसीसीबीच सम्झौता भएको थियो ।

आयोजनाका लागि जग्गा प्राप्ति तथा मुआब्जा वितरणसम्बन्धी केही काम गर्न बाँकी रहेको छ । इआइएफको कार्यान्वयन चरण ३० अगष्टमा सुरु भएपनि निर्माण कार्य भने आगामी जुलाईदेखि मात्रै शुरु हुने एमसीए–नेपालले जनाएको छ ।

एमसीए–नेपालका अनुसार प्रसारण लाइन १० जिल्लाका ३० नगरपालिका भएर जानेछ । प्रसारण लाइन मार्गसम्बन्धी अध्ययन जारी छ भने यससम्बन्धी पछिल्लो अध्ययनका अनुसार प्रसारण लाइन करिब ३१५ किमि लामो हुनेछ र ८५६ वटा टावर निर्माण गर्नुपर्नेछ ।
टावर निर्माणका क्रममा २ लाख १२ हजार रुखहरू काट्नुपर्छ । सरकारी र निजी गरी ८०० रोपनी जग्गा चाहिने अनुमान गरिएको छ ।

प्रसारण लाइन काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी जिल्ला भएर जानेछ । आयोजनाले नुवाकोटको रातमाटे, तनहुँको नयाँ दमौलि र रूपन्देहीको नयाँ बुटवलमा गरी तीन वटा सबस्टेसन निर्माण गर्नेछ । यो लाइनमा ३००० मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit