images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) का पूर्वअध्यक्ष हारुहिको कुरोदाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटी नेपाल पर्याप्त जलविद्युत् उत्पादन गर्ने सम्भावना भएको मुलुक रहेको हुँदा कार्बन उत्सर्जनबाट लाभ लिन सक्ने बताएका छन् । पाँच दिने नेपाल भ्रमणमा रहेका कुरोदाले प्रधानमन्त्रीलाई भेटी यस्तो बताएका हुन् । 

जापानको केन्द्रीय बैंकका गभर्नर समेत रहिसकेका कुरोदाले पर्यावरण जोगाउन नेपालले खेलेको भूमिका प्रशंसनीय रहेकोले यसमा सघाउन जापान तयार रहेको बताए । सो अवसरमा प्रधानमन्त्री दाहालले वित्तीय सुधारका लागि वर्तमान सरकार क्रियाशील रहेको भन्दै जापान–नेपालको पुरानो सम्बन्ध नेपाल र नेपालीको समृद्धिका लागि थप उपयोग गर्नुपर्ने खाँचो औंल्याए ।

नेपालको आर्थिक क्षेत्रको विकासका लागि कुरोदाले लिएको सक्रियताप्रति प्रधानमन्त्री दाहालले प्रसन्नता व्यक्त गर्दै आर्थिक विकासको क्षेत्रमा जापानले मारेको फड्को पनि प्रेरक भएको बताए ।

यसैगरी, कुरोदाले अर्थमन्त्री डा. प्रकाशशरण महत, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव कृष्णहरि पुष्कर, पूर्व अर्थमन्त्रीहरू, अर्थविद्, वाणिज्य बैंकका कार्यकारी अधिकृतहरूसँग नेपालको आर्थिक विकासका विभिन्न पक्षबारे छलफल गरे ।

कुरोदा खबर हब र आईएसएस आरले काठमाडौं र पोखरामा आयोजित अर्थतन्त्रका विभिन्न आयामबारे गरिएका अन्तरक्रियामा सहभागी भई स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit