images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्य ‘हेमबहादुर मल्ल’ सम्मानबाट सम्मानित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जनप्रशासन संघले संयुक्त रुपमा प्रदान गर्ने ‘हेमबहादुर मल्ल’ २०७७ र २०७८ बाट क्रमशः प्रधान र आचार्यलाई सम्मान गरिएको हो ।

राष्ट्र विकासमा महत्वपूर्ण योगदान पुर्याएवापत् पूर्व प्रशासकद्वयलाई उपराष्ट्रपति रामप्रसाद यादवले कदरपत्रसहित सम्मान प्रदान गरे । पूर्व गभर्नर एवम् पूर्व सचिव दीपेन्द्र पुरुष ढकालको संयोजकत्वमा गठित मुल्यांकन समितिको सिफारिसका आधारमा सम्मानका लागि छनौट गरिएको पूर्व प्रशासकद्वयलाई आज सम्मान गरिएको छ ।

प्रधानले झण्डै चार दशक सरकारी सेवामा विशेषगरी प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ र पर्यटन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रमुखका रूपमा कुशलतापूर्वक भूमिका निर्वाह गरेको कदर स्वरुप यो सम्मान गरिएको हो ।

यसैगरी, आचार्यलाई महालेखा नियन्त्रक अर्थ सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव र महालेखा परीक्षकका रुपमा उत्कृष्ट भूमिका निर्वाह गरेवापत कदर स्वरुप सम्मान गरिएको छ ।

संघले ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेम बहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नेतृत्व तहमा रहि उत्कृष्ट एवं विशिष्ट योगदान पुयाए वापत निजको सम्झना र सम्मानमा ‘हेमबहादुर मल्ल’ सम्मान स्थापना गरेको हो । यो सम्मान वर्षेनी सार्वजनिक प्रशासन तथा व्यवस्थापका क्षेत्रमा उल्लेखनीय योगदान पुयाए बापत सम्मानपत्रसहित २ लाख रुपैयाँ प्रदान गरिन्छ ।

प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्रशासक र व्यवस्थापक बीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सार्वजनिक सरोकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्यांकनमा पृष्ठपोषण गर्ने उद्देश्यले २०४७ सालमा नेपाल जनप्रशासनको स्थापना भएको हो ।

गैरनाफामुखी पेशागत संघको रुपमा स्थापित यस संघले विगतमा जनप्रशासनका विभिन्न विधाहरुमा छलफल, अन्तरक्रिया, प्रशिक्षण जस्ता कार्यक्रमहरू आयोजना गरी त्यस्ता कार्यक्रमबाट प्राप्त भएका सुझावहरू नेपाल सरकार एवं सम्बन्धित निकायहरूमा पठाई सहयोग पुर्याउदै आएको छ ।

यसअघि केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोईराला, डा.बिमल कोइराला, महाविर पुन, भोजराज पोखरेल, सन्दुक रुइत, कुलमान घिसिङ, दमननाथ ढुंगाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा.देवेन्द्रराज पाण्डे, डा.गौरीशंकर लाल दास सूर्यनाथ उपाध्याय सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit