विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिउँदमा साढे ८ सय मेगावाटसम्म विद्युत आयात गरिए पनि बर्खामा आन्तरिक उत्पादन बढेपछि भारततर्फ विद्युत निर्यात हुन थालेको छ । अहिले सञ्चालनमा रहेका जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेकाले खपत हुन नसकेर बढी भएको विद्युत भारतको बिहार राज्यमा निर्यात भइरहेको हो ।

देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी राष्ट्रिय प्रसारण प्रणालीमा थपिएपछि बढी भएको विद्युत यो बर्खामा गत वर्षको भन्दा बढी विद्युत भारततर्फ जान थालेको हो । बिहार सरकारले त्यहाँको विद्युतको माग र आपूर्ति व्यवस्थापनको गुणस्तर सुधार गर्न नेपालतर्फबाट विद्युत लगिरहेको हो ।

अहिले बिहार सरकारको आग्रहमा १३२ केभी रक्सौल–परवानीपुर र कुशाहा–कटैया प्रसारण लाइनबाट नेपालको विद्युत भारत गइरहेको नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभागका उप–प्रबन्धक दीपक धितालले बताए । ‘बर्खामा हाम्रा जलविद्युतगृहको उत्पादन बढी हुने हुँदा निर्यात गर्न सकिने अवस्था छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बिहारले मागेको समयमा यताबाट उता विद्युत पठाइरहेका छौं ।’

उनले कुशाहा–कटैया प्रसारण लाइनबाट बढीमा ११० मेगावाटसम्म र रक्सौल परवानीपुरबाट ८० मेगावाटसम्म विद्युत भारतमा निर्यात भइरहेको बताए ।
बिहान, साँझ र राती गरी बिहारले मागेको जुनसुकै समयमा नेपालतर्फबाट विद्युत गइरहेको पनि उनले बताए । बिहारबाट माग हुन्जेलसम्म नेपालको विद्युत पठाइने प्राधिकरणले जनाएको छ ।

आन्तरिक विद्युत उत्पादन बढेपछि भारतबाट आउने आयात परिमाण पनि न्यून छ । अहिले टनकपुरबाहेक अन्य विन्दुबाट भारतको विद्युत नआएको धितालले जानकारी दिए । उनका अनुसार टनकपुरबाट नेपालले निशुल्क पाउने विद्युत मात्रै आवश्यकताअनुसार आयात गरिएको छ ।

बिहारसँग आयात–निर्यात भएको विद्युतको ‘नेट मिटरिङ’ हुँदै आएको छ । नेपालले हिउँदमा अहिले निर्यात गरिरहेकै प्रसारण लाइनमार्फत विद्युत आयात गर्ने गर्दछ ।

गत आर्थिक वर्ष (२०७७/७८) को हिउँदमा नेपालले विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाउन भारतबाट साढे ८ सय मेगावाटसम्म विद्युत आयात गरेको थियो । बर्खामा आन्तरिक उत्पादन बढी हुने भए पनि हिउँदमा अझै केही वर्ष भारतको विद्युतमा निर्भर हुनेपर्ने बाध्यता नेपाललाई छ ।  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३