विद्युत अपडेट

  • प्राधिकरण : ६१९१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३३९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १६१५७ मे.वा.घन्टा
  • आयात : ९७३३ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : १८७० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२९१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १८१३ मे.वा.
२०८२ ब‌ैशाख २३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । समुद्री सतहबाट ३ हजार २१० मिटर उचाइमा रहेको म्याग्दीको पुनहिलमा विद्युत् सेवा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले उक्त स्थानमा विद्युत् सेवा विस्तार गरेको हो । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने उक्त क्षेत्र पर्यटकीयस्थलका रूपमा समेत चर्तित रहेकोले विद्युत् सेवाको विस्तारबाट यहाँको पर्यटन व्यवसायलाई समेत टेवा पुग्ने भएको छ । हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यावलोकन गरी प्रकृतिमा रमाउने पर्यटकहरू पुनहिल जाने गरेका छन् । 

बिजुली पुगेपछि पदमार्गमा बत्तीको व्यवस्था गर्न, विद्युतीय उपकरण चार्ज गर्न र केही तल रहेको मूलबाट पानी तान्ने लिफ्ट खानेपानी सेवा सुरु गर्न समेत सहज हुने भएको म्याग्दी वितरण केन्द्रले जनाएको छ । केनद्रका अनुसार घोडेपानीबाट १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलमा विद्युत् सुविधा विस्तार गरिएको छ ।

उक्त स्थानमा स्थानीयको माग अनुसार २०८० साल पुसमा २५ लाख रुपैयाँ खर्चेर विद्युत् लाइन पु¥याएको थियो । अहिले गाउँपालिकाले मिटरबक्स जडान गरेपछि विद्युत् वितरण थालिएको हो । विद्युतीकरणका लागि घोडेपानी क्षेत्रमा एबीसी केबुलका साथै ५० केभीए क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको छ ।

एक घण्टाको उकालो बाटो हुँदै घोडेपानीबाट पुनहिलमा बोकेर पानी लैजाने गरिएको थियो । यसले गर्दा पुनहिल पुग्ने पर्यटकले चिया, कफी, तातोपानी खाँदा बढी मूल्य तिर्नुपरिरहेको थियो । बिजुली पुगेपछि भने लिफ्ट खानेपानी प्रविधिमार्फत पानी लगिने भएकोले यस्तो समस्याको समाधान हुने देखिएको छ ।

चुरेन, पुथा, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी र त्योभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गर्छन् ।

पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति ५० र विदेशीले १५० रुपैयाँका दरले प्रवेश शुल्क तिर्नुपर्छ । चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि गाउँपालकाले ४० लाख १०० रुपैयाँमा ठेक्का लगाएको छ ।


 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३