काठमाडौं । सिन्धुपाल्चोकमा २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको शिवश्री हाइड्रो पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यलाई छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।
सञ्चालक समितिको २०८० बैशाख १४ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्यलाई हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चुक्त पुँजीको १ः१ को अनुपातमा सेयर निष्कासन गर्न लागिएको हो ।
हकप्रद सेयर प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । सभाबाट प्रस्ताव पारित गरेपछि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।