विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर भर्ने आज (आइतबार) अन्तिम दिन हो । कम्पनीले गत बैशाख ६ गते (सोमबार) बाट निर्माणाधीन १० मेगावाटको काबेली ‘बी’–१ क्यासकेड जलविद्युत आयोजनामा लगानी जुटाउन सबै सेयरधनीका लागि निष्कासन गरेको हकप्रद सेयर आवेदन अवधि सकिन लागेको हो ।

सेयरधनीका लागि चुक्ता पुँजीको  १ः०५ (५० प्रतिशत) सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले निष्कासन गरेको सेयर आवेदन अवधि गत आइतबार नै सकिएपनि विश्वमा महामारी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै ७ दिनको समय थप गरिएको थियो ।

कम्पनीको लगानीमा पाँचथरमा निर्माणाधीन आयोजना ६० प्रतिशत बढी सकिएको छ । निर्माणाधीन आयोजनाबाट २०७८ असोजदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १ अर्ब ४० करोड रुपैयाँ बैंक अफ काठमाडौं र कुमारी बैंकको ऋण लगानी छ । बाँकी ६० करोड रुपैयाँ स्वपुँजी लगानी छ । यो आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिनेछ ।

कम्पनीले यसअघि संखुवासभामा निर्माण गरेको ३ मेगावाटको पिलुवा जलविद्युत केन्द्र सञ्चालनमा छ । कम्पनीले यही जलविद्युत केन्द्रको विद्युत बिक्रीबाट भएको आम्दानी विभिन्न सहायक कम्पनी मार्फत अघि बढेका जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३