काठमाडौँ । पुवा खोला–वान हाइड्रो पावर कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यहरूका लागि साढे १९ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको हो ।
सय रुपैयाँ अंकितका दरले १९ लाख ४६ हजार ६६० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
कम्पनीको सेयर निष्कासन गर्न दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौतपत्रमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक कदम केसि र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरे । कम्पनीले इलाममा ४ मेगावाटको पुवा खोला–१ साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।