विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं  ।  जलविद्युत र पर्यटन विकासलाई मेरुदण्डको रुपमा अघि लैजान निजी ऊर्जा उत्पादकहरूले पहल अघि बढाएका छन् । फर्पिङमा रहेको जलविद्युत केन्द्रलाई संग्राहलय बनाउन निजी ऊर्जाले पहल गरेको हो । 

८३ हजार मेगावाट जलविद्युतको सम्भावना भएको आयोजनाहरूबाट पर्यटन प्रवद्र्धन गर्न सकिने अवधारणा निजी प्रवद्र्धकहरूको छ । निजी ऊर्जा उत्पादकहरूको संस्था इप्पानले आफ्नो १९औं र २०औं साधरणसभाको अवसरमा प्रधानमन्त्री समक्ष फर्पिङ जलविद्युत केन्द्रलाई संग्रहालय बनाउन र त्यसको व्यवस्थापनको जिम्मा दिन माग गरेको इप्पान कार्य समिति सदस्य प्रकाश दुलालले बताए ।

नेपालको सबैभन्दा पुरानो र एसियाको दोस्रो पुरोनो फर्पिङ जलविद्युत आयोजनालाई संग्राहालयको रुपमा विकास गर्ने । अध्ययन÷अनुसन्धान केन्द्र बनाउने गरी विकास गर्न सकिने धारणा इप्पानको छ । उनका अनुसार ऐतिहासिक धरोहरका रुपमा रहेको उक्त जलविद्युत आयोजनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व दिएर पर्यटन आकर्षण बनाउन सकिनेछ । 

फर्पिङ जलविद्युत आयोजना स्थापना भएको १ सय ११ वर्षभन्दा बढी भइसकेको छ । १ सय वर्षभन्दा बढीका संरचनाहरू पुरातत्व अन्तर्गत पर्छन् । यसले ऐतिहासिक महत्व राख्छ । तर, फर्पिङ जलविद्युत आयोजना पुरातत्वभित्र परेपनि यसको संरक्षण र प्रवद्र्धनमा पुरातत्व विभागले काम नगरेको महानिर्देशक दामोदर गौतमले बताए । स्थानीय सरकारले यसमा चासो दिनुपर्ने उनको तर्क छ । 

‘अहिले हामीले जलविद्युत्लाई पर्यटनसँग जोडेर स्थानीयको रोजगारी वृद्धि, स्थानीय आय, आर्थिक क्षेत्रमा टेवा पुग्ने तथा पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ’ उनले भने । जलविद्युतलाई ब्राण्डिङ गर्न सके यसले पर्यटक आकर्षित गर्न सक्ने प्रशस्त सम्भावना रहेको दुलालको भनाइ छ । 

विश्व नै हरित ऊर्जाको प्रवद्र्धन गर्नेतर्फ अग्रसर भइरहेको समयमा नेपालले पनि हरित ऊर्जालाई प्रवद्र्धन गर्ने भइरहेको छ । जलविद्युत नितान्त हरित ऊर्जा भएको र यसले वातावरण रक्षासँगै पर्यटन प्रवद्र्धनको काम पनि गर्ने विज्ञहरूको भनाइ छ । नेपालमा निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत आयोजनाहरूलाई पर्यटनसँग जोडेर आर्थिक विकास गर्नुपर्ने पनि विज्ञको भनाइ छ । 

तर, राज्यमा कसैले पनि जलविद्युत र पर्यटनलाई जोड्नुपर्छ भनेर नहेरेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले बताए । सरकारले यो सम्बन्धमा नीतिगत व्यवस्था नगरेपनि यसको प्रचुर सम्भावना भएको रेग्मीको भनाइ छ । 

‘आन्तरिक वा बाह्य पर्यटक नेपालको जुनसुकै क्षेत्रमा जाँदा यदि त्यहाँ जलविद्युत आयोजना छ भने बिजुली कसरी उत्पादन हुन्छ ? त्यसको इनटेक कसरी बन्छ ? त्यसले वातावरणमा कत्तिको प्रभाव कति पार्छ ? भन्ने बुझाएर यसलाई एउटा प्रोडक्टको रुपमा अघि बढाउन सकिन्छ’ रेग्मीले भने । २ वर्षअगाडि नै बोर्डले यसलाई अघि बढाउने पहल गरेता पनि कोभिडका कारण अघि बढ्न नसकेको उनले बताए । 

रेग्मीका अनुसार नदी बेसिनको अधिकतम उपयोग गर्न जलविद्युत विकास गर्ने र यसलाई पर्यटन प्रवद्र्धनसँग जडान गर्ने धारणा रहेको छ । नेपाल आउने पर्यटकलाई काठमाडौंमा मात्र केन्द्रित नगरी भ्रमण अवधि लम्ब्याउनका लागि पनि यसले मद्दत गर्ने उनले बताए । सरकारी, गैरसरकारी तथा सरोकारवाला निकायसँग सहकार्य तथा परामर्श गरी पर्यटन र जलविद्युत विकासको साझा अवधारणा तयार गर्न सकिनेछ । हिमाल र पहाडका आकर्षक ठाउँमा पर्यटक र्पुयाउन सकिने उनको भनाइ छ । यसका लागि स्पष्ट दृष्टिकोण र नीति आवश्यक पर्दछ । 

भौगोलिक वातावरण, उपयुक्त हावापानी र भौगोलिक विविधता कारण प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल एक उत्कृष्ट पर्यटकीय गन्तव्य मुलुकका रूपमा चिनिन्छ । पानी, पर्यटन र जनशक्ति नेपालको आर्थिक भविष्यका आधार मानिन्छन् । यसको अत्याधिक उपयोगमार्फत नेपालले आर्थिक उपार्जन गर्न सक्ने प्रचुर सम्भावना छ । प्रस्तावित जलविद्युत आयोजना निर्माण र प्राकृतिक सौन्दर्य अवलोकन गर्न पर्यटक आउँदा मात्रै पनि यसबाट प्राप्त हुने रोयल्टीको लाभ लिन सकिन्छ ।

अन्नपूर्ण दैनिक

प्रतिक्रिया दिनुहोस

सुनिता कार्की

सुनिता कार्कीले ऊर्जा तथा जलस्राेतका विषयमा कलम चलाउँदै आएकी छन् ।

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३