विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं।भोजपुरस्थित ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको विद्युत चैत सुरुदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । टक्सार पिखुवा हाइड्रोपावर कम्पनीले निर्माण थालेको साढे २ वर्षमा सम्पन्न गरेकाे आयोजनाको विद्युत प्रणालीमा आउन लागेको हो हो ।

अहिले आयोजनामा जडान भएका उपकरणको परीक्षण भइरहेको मेकानिकल इन्जिनियर रमेशरत्न स्थापितले बताए । ‘विद्युतगृहमा जडान भएको टर्बाइन, जेनेरेटर, कन्ट्रोल प्यानल, ब्रेकरलगायत उपकरण परिक्षण भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘२–३ दिनभित्र संरचनामा पानी भरेर परीक्षण सुरु गर्दैछौं ।’ 

उनले संरचनामा पानी भरेर आन्तरिक परीक्षण पूरा भएपछि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने बताए । प्राधिकरणलाई १५ दिनसम्म निशुल्क विद्युत दिएपछि चैत दोस्रो साताबाट व्यापारीक उत्पादन सुरु गरिने पनि उनले बताए ।

आयोजनाले उत्पादन गर्ने विद्युत साढे ७ किलोमिटर दुरीमा रहेको पानीट्यांकी  सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको छ ।

आयोजना सम्पन्न गर्न करिब १ अर्ब ७२ करोड रुपैयाँ  खर्च भएको छ । यो आयोजनामा सिटीजन्स र माछापुच्छ्रे बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३