विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडले ७.१ मेगावाटको ताक्सुखोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको नलगाड नगरपालिकाको ताक्सु खोलामा पहिचान भएको उक्त आयोजना निर्माण गर्न लागेको हो ।

प्रस्तावित आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट स्वीकुत प्राप्त भए लगतै आयोजनाको काम अघि बढाइनेछ ।

ताक्सु खोलाको बाँया किनारमा मुख्य संरचनाहरू पर्ने गरी डिजाइन तयार गरिएकाे छ । प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिन भित्रमा सरोकारवालालाई राय/सुझाव पेश गर्न आग्रह गरेको छ ।

प्रस्तावित आयोजनाको मुख्य संरचनाहरू ताक्सु खोलाको बायाँ किनारामा पर्ने गरि निर्माण गरिनेछ । २ वटा ३६८५ किलोवाट क्षमताको होरिजेन्टल एक्सिस पेल्टन टर्वाइनहरूमा पानी खसाली सो टर्वाइनसँग जोडिएका २ वटा ४१७६ केभिए को ३ फेज जेनेरेटर मार्फत विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक ४०.९५ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइन मार्फत १ किलोमिटरको दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको चौखा सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको काम आगामी ३ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माण गर्दा भूक्षय, वायु प्रदुषण आदिद्वारा वातावरण्मा उल्लेखित प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit